डिल्लीराज पन्त
कञ्चनपुर, २२फागुन
कञ्चनपुर निर्वाचन क्षेत्र ३मा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार ज्ञानेन्द्र सिह महताले दोब्बर मतले अग्रता कायमै राखेका छन ।
रास्वपाका महताले एमालेका डा. दीपक प्रकास भट्टलाई दोब्बर बढी अर्थात १ हजार २१६मतको अन्तरले अग्रता कायमै राखेका हुन ।
शुक्रबार दिउँसो अढाई बजेसम्म ५हजार २६६मत गणना हुँदा महताले २ हजार १२२मत ल्याएका छन । एमालेमा भट्टले ९सय ६, काँग्रेसका हरि प्रशाद बोहराले ८८०, नेकपाका मान बहादुर सुनारले ५२०मत ल्याएका छन । पहिलो पटक चुनावी मैदान टेकेका रास्वपाका महता पुर्व सासद भट्ट, पुर्वमन्त्री सुनार, काँग्रेस पुर्व जिल्ला सभापति बोहरा पछ्याईरहेका छन । क्षेत्र ३मा ५०हजार ४८७पुरुष, ५२ हजार, ६सय महिला गरेर १लाख ३ हजार, ८७मतदाता मध्ये ३२ हजार ७३० महिला र २५ हजार ६३१पुरुष गरेर कुल ५८हजार ३६१ अर्थात ५८.६४ले मतदान गरेका छन । कुल ३ हजार ३७१अस्थायी मतदाता मध्ये १५ महिला, १६६ पुरुष गरेर १सय ८१अर्थात ५.४३ले मतदान गरेका छन ।

