सुनिल राना, बैशाख २०
कञ्चनपुरमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको छ । मे ३ अर्थात २०बैशाख आइतबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको हो ।
नेपाल पत्रकार महासंघले बिहान प्रभातफेरी गरेर दिवस मनाएको छ ।
नेपाल पत्रकार महासघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरेश सिह धामीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपालमा पनि प्रेस स्वतन्त्रताको ग्यारेन्टी सहितका नारा अघि सारेर प्रभातफेरी गरिएको बताए ।
पत्रकार महासंघ जिल्ला शाखाबाट शुरु भएको प्रभातफेरी बजार परिक्रमा गर्दै पुन शाखामै पुगेर कोण सभा गरिएको थियो । कोण सभामा नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य श्याम भट्ट, जिल्ला सल्लाहकार राजेन्द्र प्रशाद अवस्थी, जिल्ला अध्यक्ष सुरेश सिह धामीले सम्बोधन गर्दै वर्तमान सरकारले प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्नुपर्ने धारणा अघि सारेका छन । साथै सरकारले निजी क्षेत्रका संचार माध्यमलाई समेत समान व्यवहारदेखि सबै संचारकर्मीले मर्यादामा बस्नुपर्ने विषयमा जोड दिएका छन ।
पत्रकार महासंघ जिल्ला सचिव कुण्दन पाण्डेयले संचालन गरेको कार्यक्रममा जिल्लाभरीका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो।


