सुनिल राना

कञ्चनपुरको भीमदत्त नगरपालिका १० सीमावर्ती गाँउ जिमुवाका ३४ बर्षिया प्रकास दत्त भट्ट पोल्ट्री व्यवसायी हुन । डेढ दशकदेखि निरन्तर पोल्ट्री व्यवसाय गर्दै आएका प्रकासले जिल्लामा सफल व्यवसायीको पहिचान बनाएका छन ।

किसान कालुदत्त भट्टका छोरा प्रकासले १५ बर्ष अघि ५ लाख रुपैया बैंकबाट ऋण निकालेर पोल्ट्री व्यवसायी शुरु गरेका थिए । अहिले उनी बार्षिक करोडौँको कारोबार गरिरहेका छन । पोल्ट्री व्यवसायमा सम्भावना देखेर बैंकबाटै ऋण निकालेर कुखुरा पालन व्यवसाय शुरु गरेका प्रकासले आधुनिक मिटमार्ट पसल समेत खोलेका छन ।

उनले गाँउदेखि शहरसम्मै मिटमार्ट व्यवसाय सचालन गरेर उपभोक्ताहरुलाई ताजा मासु अण्डा उपलब्ध गराईरहेका छन । मासुका लाष्गिष् कुखुरा राजधानी काठमाण्डौँसम्म सप्लायर्स गरिरहेका छन ।

सुरज पोल्ट्री फर्म संचालन गरेर अहिले एकसाथ चार खोरमा बोईलर कुखुरा पालेका छन । एकातिर मासु अर्कातिर अण्डा बेच्दै उनले मनग्य आम्दानी गरिरहेका छन । समान्य किसान परिवारका प्रकासले व्यवसायबाट एकातिर ठुलो आर्थिक कारोबार अर्कातिर स्थानीयलाई रोजगारी समेत दिएका छन । प्रकासले बार्षिक ७÷८ करोडको कारोबार गर्दै आएका छन । स्वदेशमा केही छैन, यहाँ केही हुदैन भन्दै मातृभूमि छाडेर विदेशी हानिएका युवाहरुका लागि समेत प्रकास उदाहरणीय बनेका छन । प्रकासले सानो लगानीबाट शुरुवात गरेको व्यवसायलाई निरन्तरता दिर्दै ठुलो पुँजीमा कारोबार गरिरहेका छन । स्थानीय स्तरमा मात्रै नभई ठुला शहरसम्मै जिउँदै कुखुरा पु¥याईरहेका छन । उनलाई बजारको माग अनुरुप जिउँदै कुखुरा सप्लार्यसमा भ्याई नभ्याई भईरहेको छ । व्यवसायीहरुले खोरमा उत्पादन भन्दा बढि माग गर्न थालेपछि उनलाई सप्लार्यसमा कहिलेकाही समस्या आउने गरेको छ ।

शुरुवातमा १ मात्रै कच्ची खोर निर्माण गरेर व्यवसाय शुरु गरेका प्रकासले अहिले आधुनिक सहित ४ खोरमा सयौँ कुखुरा एक साथ मासुका लागि उत्पादन भईरहेका छन । तीन परम्परागत र १ आधुनिक खोर निर्माण गरेर अण्डा र मासु उत्पादन गरेका उनले आफै दानाको समेत व्यवसाय गर्दै आएका छन । कुखुरा अण्डासंगै गाँउमै पोखरी निर्माण गरेर माछा पालन समेत शुरु गरेका उनले उपभोक्ताहरुलाई स्वच्छ ताजा मासु उपलब्ध गराउने चाहना छ ।

समान्य किसान परिवारका छोरा प्रकासले रातदिन मेहनत गरेर आज जिल्लामै सफल युवा व्यवसायीकै सुचिमा आफुलाई उभ्याएका छन । ब्रम्हमण समुदायले कुखुरा पाल्नु हुँदैन भन्ने रुढीवाढी परम्परामाथि ब्रेक लगाएर उनले बोईलर कुखुरा पालन व्यवसायकै रुपमा विकास गरेका छन । प्रकासले कुखुरा पालन शुरुवात गरेदेखि अहिले १५ बर्षसम्म निरन्तर पालिरहेकै छन । हप्तामा २ हजार चल्ला पाल्दै आएका उनले डेढ÷डेढ महिनामै २ देखि ३ किलोसम्मका कुखुरा उत्पादन गरेर किक्रि वितरण गर्दैै आएका छन । कुखुरा व्यवसायकै आम्दानीबाट उनले केही बर्षअघि यातायात व्यवसाय समेत शुरुवात गरेका थिए । यातायात व्यवसायमा समय बढि झन्झटिलो हुने भएपछि केही समय मात्रै यातायात क्षेत्रतर्फ समेत पाईला चालेका प्रकासले यातायात व्यवसाय छाडेर पुरै लगानी पोल्ट्री व्यवसायतिरै लगाएका छन ।

उनले आफ्नो र घर परिवारको मात्रै जिवन निर्वाहका लागि नभई अरुको चुलोचौको चल्ने समेत गरेर स्थानीय स्तरमै रोजगारी समेत दिएका छन ।

२० बर्ष अघि कामको खोजिमा रहेका प्रकास अब अरुलाई काम दिने रोजगारी दिने सफलतामा पुगेका छन । ‘पहिले हामीलाई रोजगारीको आवश्यकता थियो, अहिले मैले नै युवालहरुलाई रोजगारी दिएको छु, यो निरन्तरताको फल हो, ‘उनले भने, ‘कर्म गर्दै गएपछि एक दिन अवश्य सफलता मिल्छ ।’

प्रकासले पोल्ट्री व्यवसायमा स्वदेशमै युवाका लागि केही सम्भावना भएकाले रोजेको बताउँछन । पोल्ट्री व्यवसायी प्रकासले घर परिवारका सदस्य सहित प्रत्यक्ष १२ जनालाई रोजगारी दिएका छन । दुई जिप मार्फत निरन्तर फर्मबाट स्थानीयदेखि जिल्ला बाहिरका बजारमा कुखुरा सप्लार्यस गर्दै आएका छन ।

‘पोल्ट्रीफर्ममा मेरै घरका सदस्य सहित बाहिरका १० जनालाई प्रत्यक्ष मैले रोजगारी दिन सकेको छु, ‘उनले भने, ‘अप्रंत्यक्ष रुपमा सयौँ जोडिएका छन , स्वदेशमै केही गर्न सकिन्छ, भन्ने मान्यताका साथ मैले पुष्टी गरेको छु । फर्मदेखि नै अण्डा, मासु र जिउँदै कुखुरा थोकतथा खुद्रामा बिक्रि वितरण गरिरहेको बताए । ‘मैले गाँउ र महेन्द्रनगर बजारमा आधुनिक मिटमार्ट खोलेको छु, गाँउमा पहिल्यैदेखि थियो, अहिले महेन्द्रनगर बजारमा पनि खोलेको छु विस्तार अन्य क्षेत्रमा पनि विस्तार गर्छु ।’ उनले आफुहरुले अहिलेसम्म सरकारको अनुदान बिनै व्यवसाय गरेको र भावि दिनमा आधुनिक तरिकाले पोल्ट्रीफर्मदेखि अन्य व्यवसायका लागि सरकारले प्रर्बद्धन गरे अनुदान लिने बताउँछन ।

‘हामीले सरकारको मुख ताक्ने होईन, सरकारले हामीलाई सुविधा, प्रर्बद्धन सरक्षण गर्ने हो, ‘उनले भने, ‘सरकारको मुख ताकेको भए मैले यसरी १५ बर्षदेखि निरन्तर कुखुरा व्यवसाय कहाँबाट गथ्ये ।’ बजारमा रातो मासुको साटो सेती मासुको माग बढिरहेकाले आफुले यही व्यवसाय रोजेको प्रकासले बताए । सीमावर्ती क्षेत्र भएकाले भारतबाट चोरी तस्करीका कुुखुुरा अण्डा नेपाल भित्रिने र उच्च रसायनयुक्त मासु, अण्डा सस्तोमा बिक्रि वितरण गर्ने भएकाले व्यवसायमाथि चुनौती थपिने बताए । ‘हामीसंग सहजै दक्ष एव अनुभवी जनशक्ति टिक्दैनन, उत्पादन गरेर अनुरुप शुरुवातमै बजारीकरणको चुनौती हुन्छ, खुला सीमा नाका भएकाले सरकारले पशुपन्छी अण्डामा प्रतिबन्ध लगाएपनि भित्रिन्छन, ‘उनले भने, ‘यसरी भारतबाट भित्रिने कुखुराका कारण हाम्रो व्यवसाय धरापमा पर्दै आएको छ ।’ बषौँदेखि व्यवसाय गरेकाले मैले विचमै छाड्ने कुरै भएन, यसमै सम्भावना छ, मलाई यो व्यवसायले पैशा मात्रै होईन पहिचान पनि गराएको छ, निरन्तर अघि बढाउँछु ।’ नेपालमा उत्पादित बोईलरको मासु तथा अण्डा अन्र्तराष्ट्रिय बजारमा बिक्रि वितरणका लागि विश्व व्यापार संगठनले अनुमती नदिएको अवस्थामा उत्पादित बस्तु कहिलेकाही खपतमा समस्या आउने भएकाले सरकारले यथाशिघ्र नेपालमा पालिएका खुकुरा,

प्रतिक्रिया दिनुस