कञ्चनपुर , बैशाख २९ ,एन एम बि बैंक लिमिटेड झलारी शाखाले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका बिभिन्न सामुदायिक विद्यालयको छनोट गरि ३०० जना विद्यार्थीलाई झोला बितरण गरिएको एन एम बि बैंकका शाखा प्रमुख दिपक कार्कीले जानकारी दिनुभयो। एन एम बि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन बिपन्न परिवारका बिध्यार्थी हरूलाई झोला बितरण गरिएको हो ।

शुक्लाफाँटा नगरपालिका रहेका सामुदायिक विद्यालय श्री सरस्वती माध्यमिक विद्यालय, अमरपुर ४० थान श्री नन्द उच्च माध्यमिक विद्यालय ,४० थान ,श्री धर्म जनता माध्यमिक विद्यालय,५० थान,श्री पंचकोटी मानिकाधाम आधारभूत विद्यालय,४० थान श्री शिवशक्ति माध्यमिक विद्यालय, ५० थान,श्री दशरथ आधारभूत विद्यालय,४० थान,‌लगायत श्री दिपनगर प्राथमिक विद्यालय ,४० थान बिध्यालय उपस्थित भएका झोला बितरण सम्पन्न गरिएको म्यानेजर कार्की बताउनु भयो।

झोला बितरण कार्यक्रममा एन एम बि बैंकका एरिया म्यानेजर शुसिल बहादुर सिंह, झलारी शाखा प्रमुख दिपक कार्की, र बैंक व्यवसाय शाखा म्यानेजर हेमन्त कुवर रहेका थिए। बैंक शाखा व्यवसाय म्यानेजर हेमन्त कुवरले सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन बिपन्न परिवारका बिध्यार्थी हरूलाई झोला ला बितरण गरिएको बताए ‌।

अझ केहि समय पछि एन एम बि बैंकले शुक्लाफाँटा नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन बिपन्न परिवारका बिध्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुस