सुनिल राना

कञ्चनपुर, बैशाख २७

मानसखण्ड वन सरक्षण तथा काष्ठ व्यवसायी संघको अध्यक्षमा घनानन्द लेखक चयन भएका छन । आइतबार बेदकोट नगरपालिकाको रौटेलामा सम्पन्न भएको मानसखण्ड वन सरक्षण तथा काष्ठ व्यवसायी संघको प्रथम साधारण सभाबाट अध्यक्षमा लेखक चयन भएका हुन ।

उपाध्यक्ष बम बहादुर रेग्मी, सचिव जगदिश खत्री, कोषाध्यक्ष रितु सिह सदस्यहरु राजमती जोशी, बुद्धिराज कपाडी, दिल बहादुर बोहरा लगायत रहेका छन ।

विद्यान संशोधन एव समन्वय समितिको संयोजकमा जनकराज जोशी, सदस्य कृष्ण बहादुर कुवर, प्रमानन्द जोशी चयन भएका छन ।

मानसखण्ड वन सरक्षण तथा काष्ठ व्यवसायी संघको अध्यक्षमा चयन भएका घनानन्द लेखकले आम काठ व्यवसायीहरुको हकहितका साथै केबल व्यवसाय मात्रै होईन, समाजिक सेवादेखि काठको दिर्घकालिन आपूर्तिका कार्यक्रम संचालन गर्ने बताए ।

‘हाम्रो व्यवसाय काठ खरिद बिक्रि मात्रै होईन, ‘अब हामीले निजी, सामुदायिकदेखि सरकारी क्षेत्रमा समेत सरक्षणका कार्यक्रम समेत साथसाथै लैजान्छौँ, ‘उनले भने, ‘अहिले बृक्षारोपण गर्दा भावि दिनमा काठको सहज आपूर्ति हुन्छ ।’

लेखकले काठ व्यवसायीहरुले सामुदायिक वन, वन कार्यालयदेखिका सरोकारवालासंग समन्वय गरेर जिल्लामै काठको सहज, सरल आपूर्तिका लागि कार्यक्रम संचालन गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले काठ व्यवसायी, सामुदायिक वनकर्मीदेखि वन कार्यालय एक अर्काका परिपुरक भएको बताए । उनले यि तीनैविचको सहकार्य भए मात्रै उपभोक्ताले ताजा स्वच्छ काठ पाउने बताए । ‘वनका काठ कुहिएको छ, तर नीतिको अभावले संकलन, बिक्रि वितरण गर्ने वातावरण बनेको छैन, ‘उनले भने, ‘बाह्य मुलुकबाट लाखौँका एल्मुनियम खरिद गर्न बाध्य भएका छौँ, यसलार्ई समेत ब्रेक गर्नुपर्छ ।’

डिभिजन वन प्रमुख जोशीले बर्षनी लाखौँ मुल्य पर्ने काठ आयातको अवस्थाले एकातिर नेपालको ठुलो अर्थतन्त्र बाह्य गईरहेको अर्कातिर नेपालकै वनमा रहेको काठ कुहिएर खेर गएकाले सदुपयोगमा जोडदिए । उनले काठ व्यवसायीले स्वच्छ प्रतिस्पर्धा गर्नुपर्नेमा जोडदिदै व्यवसायीहरुले समेत ठुलो लगानी गरेको बताउँदै यसमा राज्यले समेत प्रर्बद्धनका कार्यक्रम संचालन गर्न सुझाव दिएका छन । डिभिजन वन कार्यालय कञ्चनपुरका बरिष्ठ वन अधिकृत सुबास कुँवरले काठ व्यवसायीहरुविचमा स्वच्छ प्रतिस्पर्धा भएर उपभोक्ताहरुले सहज काठ खरिद गर्न पाउने वातावरण बनाउनुपर्नेमा सुझाव दिएका छन । कञ्चनपुरका बरिष्ठ काठ व्यवसायी बीर बहादुर बुढाथोकीले जिल्लामा दुई काठ व्यवसायी संघ हुन दुखत विषय भएकाले दुवै तर्फका काठ व्यवसायीहरुले आम काठ व्यवसायीहरुको हकहितका साथै उपभोक्ताहरुको हितमा काम गर्नुपर्नेमा जोड दिएका छन । पछिल्ला बर्षहरुमा काठ सहितका अन्य सबै प्रकृतिका व्यवसाय धरासायी बनिरहेका बेला त्यस्तो विषय परिस्थितिमा राज्यले व्यवसायीहरुलाई सरक्षण गर्नुपर्ने बताए । अधिवक्ताद्वय शिवराज पाण्डेय, बीर बहादुर विष्टले समेत काठ व्यवसायीहरुले कानुन अनुरुप व्यवसाय संचालन गर्न सुझाव दिएका छन । मानसखण्ड वन सरक्षण तथा काष्ठ व्यवसायी संघका विद्यान संशोधन एव समन्वय समितिको संयोजकमा जनकराज जोशीले संचालन गरेको अधिवेशनमा जिल्लाभरीका काठ व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस