कञ्चनपुर, बैशाख २५
देशभर सुकुमबासीमाथि सरकारले अन्याय गर्न लागेको बिरोधमा श्रमसंस्कृति पाटीले पालिका, संघीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
श्रम संस्कृति पाटीले कञ्चनपुरको भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । श्रम संस्कृति पाटी कञ्चनपुरका नेता गजेन्द्र पाण्डेयले भीमदत्त नगरपालिकामा उपप्रमुख निलम लेखक र प्रमुख जिल्ला अधिकारी मदन कोईरालालाई ज्ञापन पत्र बुझाएको बताए । ज्ञापन पत्र बुझ्दै उपप्रमुख लेखक र प्रमुख जिल्ला अधिकारी कोईरालाले वास्तविक भूमिहिनको समस्याप्रति आफुहरु समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए ।
प्रतिक्रिया दिनुस


