कञ्चनपुर, बैशाख ३०
कञ्चनपुर महेन्द्रनगरको एक निजी विद्यालयले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ठ नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशनल पब्लिक स्कुलले एसईई ०८२ मा उत्कृष्ठ नतिजा ल्याएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार ईन्टरनेशल पब्लिक स्कुलका १०६ विद्यार्थी उत्र्तीण भएका छन ।
कुल १ सय १८ मध्ये १०६ विद्यार्थी उत्र्तिण अर्थात ९० प्रतिशत नतिजा ल्याउन सफल भएका हुन । उक्त विद्यालयका एक विद्यार्थी सबैभन्दा उच्च ३.९५ जिपिए ल्याएका छन । ३.९५ जिपिएर ल्याएर ईन्टरनेशलका छात्र कुसल सिह टपर विद्यार्थी बनेका हुन । ईन्टरनेशनल पब्लिक स्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले विद्यार्थी, शिक्षक, विद्यालयको उच्च मेहनताका साथ उत्कृष्ठ नतिजा ल्याउन सफल भएको बताए । उनका अनुसार उत्र्तीण भएका सबै विद्यार्थीको उच्च जिपिए रहेको छ । हरेक बर्ष माध्यामिक शिक्षा परीक्षा कक्षा १०मा उक्त विद्यालयका सबैभन्दा बढी विद्यार्थी उर्तीण हुने गरेका छन ।
विद्यालयले शैक्षिक गुणस्तरमा उच्च मेहनत गरेपछि हरेक बर्ष विद्यार्थी सफल हुँदै आएका छन । ०८०मा एक छात्रले चार जिपिए ल्याएका थिए । विद्यालयले शैक्षिक गुणस्तरका साथसाथै अतिरिक्त कृयाकलाप, समाजिक काम गर्दै आएको छ । शैक्षिक गुणस्तर कायम गरे बाफत विद्यालयले विभिन्न सरकारी निकायबाट शिक्षा पुरस्कार, सम्मान पाउँदै आएको छ । विद्यालयले अहिलेको भन्दा आगामी बर्षहरुमा थप शैक्षिक सुधारका कार्यक्रम अघि बढाउने प्रतिकबद्धता जाहेर गरेको छ ।
तीन दशक अघि स्थापना भएको विद्यालयले शैक्षिक गुणस्तरलाई निरन्तरता दिएपछी अभिभावक, विद्यार्थी, समुदायदेखि सरोकारवाला निकायको विश्वास जित्दै आएको छ । बालविकासदेखि कक्षा १२सम्म पठन पाठन हुँदै आएको विद्यालय जहिल्यैपनि विद्यार्थी, अभिभावकको रोजाईको केन्द्र बन्दै आएको छ । उत्र्तिण विद्यार्थीको शैक्षिक उज्जल भविष्यको कामना सहित विद्यालयले हार्दिक बधाई ज्ञापन गर्दै आएको छ ।

