सुनिल राना

कञ्चनपुर, ३१बैशाख

कञ्चनपुरको एक निजी विद्यालयले एसईई परीक्षा ०८२ मा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी(एलबिए)ले प्रदेशमै माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याएको हो ।

सुदूरपश्चिम प्रदेशका शिक्षा विकास तथा समन्वय इकाई कार्यालयहरुले सार्वजनिक गरेका तथ्याङ्क अनुसार एलबिएको उत्कृष्ट नतिजा रहेको देखिएको छ । सुदूरका ९ निजी विद्यालयका १० विद्यार्थीले चार जिपिए ल्याएका छन । जसमध्ये एलबिएका सबैभन्दा बढी २ विद्यार्थीले चार जिपिए ल्याएका हुन ।

संख्यात्मक रुपमा सुदूरका अन्य निजी सरकारी विद्यालयबाट बढी संख्यामा विद्यार्थी उर्तिण भएपछि चार जिपिए ल्याएका छैनन । चार जिपिए ल्याएका अन्य ८ निजी विद्यालयबाट १÷१मात्रै विद्यार्थीले चार जिपिए ल्याएका हुन । तर, एलबिएका २ विद्यार्थीले चार जिपिए सहित १४२ विद्यार्थी उत्कृष्ट स्थान ल्याएका उत्र्तीण भएका हुन ।

 एलबिएको तथ्याङ्क अनुसार कुल १५२ विद्यार्थीमा १४२ उत्र्तीण अर्थात ९३.४२प्रतिशत नतिजा आएको छ । एलबिएका प्रिन्सिपल श्याम सिह मौनीले २ छात्रद्वय संगम जोशी, अनमोल चन्दले चार जिपिएर ल्याएका छन । ५५विद्यार्थीले (ए) प्लस, ७३ विद्यार्थीले(ए) र १२ विद्यार्थीले(बि)प्लस जिपिए ल्याएका हुन । प्रिसिपल मौनीले विद्यालय, शिक्षक, विद्यार्थीको कडा मेहनत, अभिभावक सरोकारवालाको गाईडमा विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेको बताए ।उनका अनुसार चार जिपिएर ल्याउने विद्यार्थीलाई सम्मानका साथै अन्य विद्यार्थीहरुलाई समेत हौसला प्रदानका सम्मान गरिने बताउँदै आगामी बर्षहरुमा समेत उत्कृष्ट नतिजाका लागि थप मेहनत गरिने प्रतिबद्धता जाहेर गरेका छन । निजी स्तरबाट विद्यालय स्थापना भएको दुई दशकमै विद्यालयले एसइई मात्रै होईन अन्य कक्षामा शैक्षिक गुणस्तरदेखि खेलकुद समाजिक क्षेत्रमा समेत सरानिय कामकाज गर्दै आएको छ ।

प्रतिक्रिया दिनुस