कल्पना साउद कञ्चनपुर, १जेठ
भीमदत्तका महाकाली मोर्डन पब्लिक स्कुल, सनराईज पब्लिक स्कुल, एभरेष्ट ईभरग्रिन ईङलिश स्कुल, प्रकास मेमोरियल स्कुल, बेलौरीका उग्रतारा बाल विद्यालय, वात्सल्य विद्या निकेतन, लिटिल गार्डेन ईङलिश बोडिङ्ग स्कुल, सिद्धबाबा एकेडेमी , सनराईज, ब्राईट स्टार बोडिङ्ग स्कुल, दुर्गा बाल विद्यालय, कल्यान, गणेश मावि, र पुर्नवासको नवयुग विद्या निकेतनका पुरै विद्यार्थी उत्र्तीण
माध्यामिक परीक्षा शिक्षा(एसईई)मा कञ्चनपुरका १४ विद्यालयका सत प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८२को नतिजा अनुसार जिल्लाका १२ निजी र २ सरकारी विद्यालयका पुरै विद्यार्थी उत्र्तिण भएका हुन ।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार भीमदत्त, बेलौरी र पुर्नवास नगरपालिका क्षेत्रका सरकारी, निजी विद्यालयले सत प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन । न्यून विद्यार्थी भएका बेलौरीका दुई सरकारी विद्यालयका पुरै विद्यार्थी उत्र्तीण भएका छन । बेलौरीको कल्यान मावि श्रीपुरपहुलाहका ४ र गणेश मावि बेलौरीका २ विद्यार्थी उत्र्तिण भएर सत प्रतिशत नतिजा ल्याएका हुन ।
भीमदत्त नगरपालिका ३भाँसी महेन्द्रनगरको महाकाली मोर्डन पब्लिक स्कुल, भीनपा १८ महेन्द्रनगरकै सनराईज पब्लिक स्कुल, भीनपा २ उल्टाखामको एभरेष्ट ईभरग्रिन ईङलिश स्कुल, महेन्द्रनगरकै प्रकास मेमोरियल स्कुलले सत प्रतिशत नजिता ल्याएको छ । महाकाली मोर्डन पब्लिक स्कुलका ४३, सनराईज पब्लिक स्कुलका ३१, एभरेष्ट ईभरग्रिन ईङलिश स्कुलका १५ र प्रकास ममोरियलका ५ पुरै विद्यार्थी उत्र्तीण भएका छन ।
बेलौरीको उग्रतारा बाल विद्यालयका २०, बेलौरी लक्ष्मीपुर लिटिल गार्डेन ईङलिश बोडिङ्ग स्कुलका २८, दुर्गा बाल विद्यालयलका ३४, सिद्धबाबा एकेडेमीका ७, वात्सल्य विद्या निकेतनका ४७, ब्राईट स्टार बोडिङ्ग स्कुलका १५, सनराईज बोडिङ्ग स्कुल लक्ष्मीपुर १० र पुर्नवासको नवयुग विद्या निकेतनका १७ पुरै विद्यार्थी उत्र्तीण भएका हुन ।
सत प्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल भएका विद्यालयले विद्यार्थीको स्वयम मेहनत, विद्यालय, घर परिवारको उच्च गाईडले उत्कृष्ट नतिजा आएको बताएका छन । सनराईज पब्लिक स्कुलका भ्वाईस प्रिन्सिपल पुरन चालिसेले विद्यार्थीको कडा मेहनत, शिक्षक, विद्यालयको मार्ग निर्देशन, अभिभावकको हेरचार सबै वातावरण मिलेकाले सत प्रतिशत नतिजा आएको बताए । उनका अनुसार सबैभन्दा बढी ३.९१ जिपिए जेनिस विष्ट, अनुप चन्दले ल्याएका छन । ‘विद्यार्थीमा पढ्ने वातावरण बन्यो, यसमा शिक्षक, विद्यालयदेखि अभिभावक सरोकारवाको भूमिका रह्यो, ‘उनले भने, ‘यस अघि पनि हाम्रो विद्यालयबाट सत प्रतिशत नतिजा ल्याएका थियौँ ।’
महाकाली मोर्डन पब्लिक स्कुलका प्रिन्सिपल द्विजराज भट्टले विद्यालय प्रशासनको कडाई गरेर विद्यार्थीलाई अध्ययन गर्ने बानीको विकास गरिएको र शिक्षकको मेहनतको प्रतिफल भएको बताए । उनले विद्यार्थीमा सुचि बढाउने काम निरन्तर गरिएको र दैनिक कृपाकलापदेखि अतिरिक्त कक्षा संचालन गरिएको बताए । उनका अनुसार विद्यालयबाट सुबास कार्कीले सबैभन्दा बढी ३.८२ जिपिए ल्याएका छन, भने १२ (एप्लस), १८(ए) र १३विद्यार्थीले (बिप्लस)ल्याएका छन । एभरेष्ट ईभरग्रिन ईङलिश स्कुलका प्रिन्सिपल प्रेमबल्लभ भट्टले विद्यार्थी, अभिभावक र शिक्षक त्रिकोणत्मक मेहनतले प्रतिफल भएको बताए । उनले यस अघि पनि विद्यालयले सत्त प्रतिशत नतिजा सहित उत्कृष्ट नतिजा ल्याउदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने दावि प्रतिबद्धता जाहेर गरेका छन ।
उग्रतार बाल विद्यालयका प्रिन्सिपल केशव सिह विष्टले विद्यालयको निरन्तर शैक्षिक गुणस्तर निरन्तरता, विद्यार्थी, शिक्षक मेहनतका कारण सफलता ल्याएको बताए । प्रिन्सिपल विष्टले गत विगतका बर्षहरुमा पनि विद्यालयले सफलता हासिल गर्दै आएको र यस पटक पनि निरन्तरता लिएको बताए ।
वात्सल्य विद्या निकेतनका प्रिन्सिपस विद्या निकेतन लक्ष्मण सिह दियालले विद्यार्थीको भविष्यलाई उच्च स्थानमा राखेर विद्यालयले मेहनत गरेकोदेखि थप परीक्षा गुणस्तरीय, पारदर्शी बनाउनुपर्ने बताए । सत प्रतिशत नतिजा आएका विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक सहित सरोकारवाला उत्साहित भएका छन ।

