राना  कञ्चनपुर, ३ जेठ

कञ्चनपुर जिमुवाको एक संस्थागत (निजी) विद्यालयले एसईई ०८२मा उत्कृष्ठ नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम बोडिङ्ग स्कुलले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ठ नतिजा ल्याएको हो ।

गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८२ को नतिजा शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार उक्त विद्यालयले ८२.३५ प्रतिशत नतिजा ल्याएको जनाएको छ । कुल परीक्षा दिने १७ विद्यार्थी मध्ये १४ विद्यार्थी उत्कृष्ठ जिपिएर सहित उत्र्तिण भएको विद्यालयले जनाएको छ । होलीफेम्ली ईङलिश मिडियम बोडिङ्ग स्कुलका म्यानेजर महादेव भट्टले उत्र्तीण भएका सबै विद्यार्थीले उच्चतम जिपिए ल्याएको बताए ।

होलीफेम्ली ईङलिश मिडियम बोडिङ्ग स्कुलका म्यानेजर भट्टले समग्र विद्यालय प्रशासनले शैक्षिक गुणस्तरमा ल्याएको योजना अनुरुप शिक्षक, विद्यार्थीको उच्चतम मेहनतले सफल नतिजा आएको बताए । ‘हाम्रो लक्ष्य सत प्रतिशत नतिजा ल्याउने थियो, ‘उनले भने, ‘दुई तीन विद्यार्थीलाई एक विषयमा एनजी आएपछि उनीहरुले मौका पाउनेछन ।’ गत विगतका बर्षहरुमा पनि उक्त जिल्लाको उत्तरी भेगको विद्यालयले एसईईमा उत्कृष्ठ नतिजा ल्याउँदै आएको छ ।

विद्यार्थी, अभिभावकको रोजाईमा रहेको होलीफेम्ली ईङलिश मिडियम बोडिङ्ग स्कुलले शैक्षिक गुणस्तर सुधार गर्दै आएपछि विद्यार्थी, अभिभावक समुदायको विश्वासको केन्द्र बन्दै आएको छ ।

होलीफेम्ली ईङलिश मिडियम बोडिङ्ग स्कुलका संचालक भुपाल सिह विष्ट र प्रिन्सिपल एनडी भट्टले हरेक शैक्षिकशस्त्रका शुरुवातमै विद्यार्थी, शिक्षक, अभिभावकसंग उच्च मेहनताका साथ पठन,पाठन, शिक्षणदेखि हेरचाहमा जोडदिदै आएका थिए । विद्यालयले शैक्षिक गुणस्तरतर्फ प्रगति मात्रै होईने खेलकुद, समाजिक कामकाज तर्फ समेत भूमिका निर्वाह गर्दै आएको छ । क्रिकेट सहितका खेलकुद विद्याको उर्बराभूमिको रुपमा रहेको विद्यालयले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको छ । विद्यालयको शैक्षिक, खेलकुदतर्फ बर्षनी प्रगति गर्दै आएपछि समुदायकदेखि सरोकारवालाले प्रसंसा गरिरहेका छन । विद्यालयले आगामी शैक्षिक शस्त्रमा पनि निरन्तर मेहनत गर्दै उत्कृष्ठ नतिजा ल्याउने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुस