सुनिल राना

कञ्चनपुर महेन्द्रनगरको एक संस्थागत(निजी) विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ठ नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर भाँसीको जनज्योती माध्यामिक विद्यालयले एसईई ०८२ मा उत्कृष्ठ नतिजा ल्याएको हो ।

गत साता सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८२ शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार जनज्योती माविले ९५.५४ प्रतिशत नतिजा ल्याएको छ । जनज्योती मावि भाँसीका ५५ मध्ये ५२ उत्र्तीण भएका हुन ।

गत विगतका बर्षहरुमा समेत एसईईमा उत्कृष्ठ नतिजा ल्याउँदै आएको जनज्योती माविले यस पटक पनि ल्याएको विद्यालयले जनाएको छ । जनज्योती माविका प्रिन्सिपल सुरेन्द्र राज जोशीले विद्यालय, शिक्षक, विद्यार्थीको त्रिकोणात्मक मेहनतको प्रतिफल एसईईमा उत्कृष्ठ नतिजा ल्याउन सफल भएको बताए । प्रिन्सिपल जोशीले शिक्षकले आफ्नो भरपुर कर्तव्य निर्वाह अनुरुप विद्यार्थीले समेत सोही अनुरुप गाईड भएकाले सफलता मिलेको बताए । ‘अन ग्रेट भएका तीन विद्यार्थीलाई समेत एक÷एक विषय मात्रै लागेको छ, ‘उनले भने, ‘उनीहरु पुरक परीक्षामा सहभागि हुनेछन ।’ प्रिन्सिपल जोशीले आगामी शैक्षिक सत्रमा समेत एसईई नतिजा थप परिणाममुखी बनाउने प्रतिबद्धता जाहेर गरेका छन । जिल्लाभरीका २१३ विद्यालयका झण्डै ८ हजार बढी विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।

प्रतिक्रिया दिनुस