कल्पना साउद, जेठ ६ कञ्चनपुरको महेन्द्रनगरमा स्कोप स्टुडेन्ट करिअर एण्ड अपरचुनिटी प्लेटफम एक्स्पो(एजुकेसन एक्स्पो) कार्यक्तम हुने भएको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा स्कोप स्टुडेन्ट करिअर एण्ड अपरचुनिटी प्लेफम एक्स्पो(एजुकेसन एक्स्पो) कार्यक्तम हुने भएका हो । पश्चिमपाटी पत्रिकाको आयोजनामा दुई दिने एजुकेशन एक्स्पो ०८३ आयोजना हुने भएको जनाईएको छ । ९ र १० जेठ ०८३ मा एक्स्पोमा जिल्लाका विभिन्न शैक्षिक संस्था, कलेज, विश्वविद्यालय, प्राविधिक शिक्षालय तथा शैक्षिक परामर्श संस्थाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्तम संयोजक जगदिशचन्द्र भट्टले महेन्द्रनगर कञ्चनपुरमै शिक्षामा राम्रो सम्भावना भएकाले विद्यार्थी, अभिभावक तथा शिक्षकलाई शिक्षा, करियर र सीप विकाससम्बन्धी जानकारी एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताए । उनका अनुसार एक्स्पोमार्फत विद्यार्थीलाई आफ्नो रुचि र क्षमता अनुसार उचित शैक्षिक तथा करियर मार्ग छनोट गर्न सहयोग पुग्ने विश्वास गरिएको र एक्स्पोमा शैक्षिक स्टल प्रदर्शनी, करियर काउन्सिलिङ, विद्यार्थी–अभिभावक प्यालन छलफल, छात्रवृत्ति तथा अध्ययन अवसरसम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनेछन् । ममताज पाटी पैलेशमा हुने कार्यक्रममा विभिन्न विशेषज्ञ, शिक्षाविद् तथा करियर काउन्सिलरहरूको सहभागितामा परामर्श कार्यक्रम समेत सञ्चालन हुनेछ । पश्चिम पाटीका संचालक एव आयोजक समिति सदस्य महादेव अवस्थीले एक्स्पो कार्यक्रमको तयारी तीव्र रूपमा भईरहेको बताए । उनका अनुसार कार्यक्रममा सहभागिदेखिका आवश्यक कार्यतालिका तयारी भईरहेको छ । विद्यालय, कलेज, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । अवस्थीले कार्यक्रममा जिल्लाभरीका कक्षा १० उत्र्तीण सहित १२ परीक्षा दिएर बसेका विद्यार्थी सहितका सबै विद्यार्थीलाई लक्षित गरेर कार्यक्तम गर्न लागेको बताए । दुई दिने उक्त कार्यक्रममा शिक्षा विददेखिका शिक्षा जानकारहरुले अभिभावक, विद्यार्थीहरुलाई अभिमुखिकरण दिनेदेखि विद्यार्थीले शिक्षा शिक्षा क्षेत्रमा जिज्ञासा राख्ने प्लेटफकै रुपमा कार्यक्रम हुने आयोजकको दावि छ ।

प्रतिक्रिया दिनुस