कञ्चनपुर, जेठ ८

कञ्चनपुर महेन्द्रनगरको एक निजी विद्यालयले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ठ नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १५ निम्बुखेडा महेन्द्रनगरमा रहेको रेडियन्ट माविले एसईई ०८२ मा उत्कृष्ठ नतिजा ल्याएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार रेडियन्टले १३ विद्यार्थी उत्र्तीण अर्थात ८७ प्रतिशत नतिजा ल्याएको छ । कुल १५ मध्ये १३ विद्यार्थी उत्र्तिण भएर उत्कृष्ठ नतिजा ल्याउन सफल भएका छन ।

उक्त विद्यालयका एक विद्यार्थी सबैभन्दा उच्च ३.६६ जिपिए ल्याएका छन । ३.६६ जिपिए ल्याएर रेडियन्टकी छात्रा जानकी धामीले टपर विद्यार्थी बनेका हुन ।

रेडियन्ट माविका प्रिन्सिपल सुर्य बहादुर चन्दले विद्यार्थी, शिक्षक, विद्यालयको उच्च मेहनताका साथ उत्कृष्ठ नतिजा ल्याउन सफल भएको बताए । उनका अनुसार उत्र्तीण भएका सबै विद्यार्थीको उच्च जिपिए रहेको छ । हरेक बर्ष माध्यामिक शिक्षा परीक्षा कक्षा १०मा उक्त विद्यालयका सबैभन्दा बढी विद्यार्थी उर्तीण हुने गरेका छन ।

विद्यालयले शैक्षिक गुणस्तरमा उच्च मेहनत गरेपछि हरेक बर्ष विद्यार्थी सफल हुँदै आएका छन । उनले एनजी लागेका दुवै विद्यार्थीलाई समेत एक÷एक मात्रै विषय लागेको बताए । रेडियन्टले आगामी शैक्षिक सत्रदेखि सत प्रतिशत नतिजा ल्याउने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुस