कञ्चनपुर, पौष १२, कञ्चनपुरको महेन्द्रनगरमा हिजो बाट सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु भएको छ । ‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पादाको पहिचान । सम्बृद्ध र सुसंस्कृत समाज निर्माण हाम्रो अभियान ।’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि महोत्सव शुरु भएको हो । महोत्सवको सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री माया भट्टले उद्घाटन गर्नुभयो ।

महोत्सव उद्घाटन गर्दै मन्त्री भट्टले महोत्सवबाट नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुग्ने बताए । मन्त्री भट्टले पर्यटन प्रर्बद्धनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम संचालन गरेको बताउदै सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोडदिए ।

बिशिष्ठ अतिथि समेत रहेका भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले समेत पर्यटन भ्रमण सफल पार्नका लागि नगरपालिकाले पश्चिमी गड्डाचौकी नाकाबाट पर्यटकको स्वागत गरिने बताए । मेयर विष्टले पर्यटन प्रर्बद्धन एव भ्रमण बर्ष सफल पार्नका लागि नगरपालिकाले म्याराथन दौडदेखि विभिन्न कार्यक्रम संचालन गरेको बताए ।

उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै महोत्सव मुल आयोजक समितिका संयोजक हेमबाबु लेखकले पर्यटन भ्रमण बर्ष २०२० सफल पार्नका लागि सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना गरिएको बताए । संयोजक लेखकका अनुसार सुदूरपश्चिम प्रदेशका साँस्कृतिक, धार्मिक, ऐतिहासिक एव पर्यटन स्थलको प्रचार प्रसार एव प्रर्बद्धन र विपन्न समुदायका बालबालिकाको पठन पाठनका लागि परोपकार कोष स्थापना गरिने बताए ।

सुप क्षेत्रका पर्यटकीय स्थल, धार्मिक ऐतिहासिक क्षेत्र र विभूतिको तस्बिर प्रर्दशनी, यस क्षेत्रको मौलिक खाने परिकारका साथै सबै धर्म, भाषा संस्कृतिक क्षेत्रको पहिचान झल्किने भेषभुष र रहनसहन प्रतिबिम्ब हुने तस्बिर राखिने छन ।

संयोजक लेखकका अनुसार विगत भन्दा यस बर्ष मेला पृथक बनाईने छ । टिकटपनि ईलेक्ट्रिोनिक, महोत्सव स्थल फ् िवाईफाईका साथै सिसिटिभी क्यामेरा जडान गरिने छ । ‘हामीले अरु भन्दा यस बर्ष नितान्त पृथकका साथ महोत्सव बनाउने छौँ, ‘संयोजक लेखकले भने, ‘यो महोत्सव मौलिक र वैज्ञानिक हुन्छ ।’

महोत्सव क्षेत्र भित्र मदिरा धुम्रपान रहित क्षेत्र घोषणा गरिने र मध्यपान गरेका व्यक्तिलाई प्रवेसमै रोक लगाईने बताए ।
सुदूरपश्चिमका विभिन्न कृषि उत्पादन, सुप क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकिय क्षेत्र, निर्माण समाग्री, गरगहना प्रर्दशन गरिने छ । सुदूरका सौका, थारु, आदिवासी, पहाडी क्षेत्रका सबै समुदायको लोक संस्कृति धर्म परम्परा संरक्षणका लागि संस्कृति प्रस्तुति गरिने बताए ।

उद्घाटनका दिन ५१ हजार बरबरको अक्षयकोषको घोषणा गरिएको छ । महोत्सवबाट यस क्षेत्रमा धार्मिक, पर्यटकिय ऐतिहासिक क्षेत्रको प्रचार प्रसार मात्र नभई यस क्षेत्रको मौलिक संस्कृतिको समेत संरक्षण हुने भएकाले पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने संयोजक लेखकको दावि छ । ‘हामी नाफा कमाएर घर लैजाने भन्ने होईन, ‘यो नितान्त समाजसेवा पनि हो, ‘संयोजक लेखकले भने, ‘यसबाट विपन्न समुदायका बालबालिकाको पढाईमा टेवा पुग्नुका साथै सुपको पर्यटन विकासमा हुन्छ ।’ बालबालिकाहरुको मनोरन्जनका लागि बाल उद्यान राखिने छन् ।

आयोजकले कनिष्ट सरसफाई अभियन्तालाई अक्षयकोषको दुत समेत नियुक्ती गरेको छ । महोत्सवमा सरसफाईका साथै पछि पनि मञ्च पुर्ण सरसफाई रहने बताए । आयोजकले स्थानीय तहसंग सहकार्य गरेर महोत्सवलाई थप पर्यटकिय दृष्ट्रिकोणबाट अघि बढाउने जनाएको छ । महोत्सवमा राष्ट्रिय एव स्थानीय कलाकारबाट दैनिक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । उद्घाटनकै दिनपनि स्थानीय कलाकारको प्रस्तुत रहेको थियो ।

‘खोज संग्रह मिडियाका अध्यक्ष करन पालको अध्यक्षताका शुरु भएको महोत्सव उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत ३० र सर्वसाधारणका लागि ५० रुपैया निर्धारण गरिएको छ । महोत्सवबाट यस क्षेत्रको व्यवसायिक एव पर्यटन विकासमा टेवा पुग्नुका साथै भ्रमण बर्ष सफल हुने दावि गरिएको छ । १० दिनसम्म संचालन हुने महोत्सवको २७ लाख ५० हजार खर्चको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुस