कञ्चनपुर पौष १२ , कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको मृत्यु भएको छ । रतनकलीलाई चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बतानुभयो ।व.सं. २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको हो ।

‘हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन छेउमै लगेका थिए ‘चर्दाचर्दै हात्ती बस्यो, हात्तीसार ल्याउन नसकेपछि कर्मचारीले राति पहरा दिँदै गर्दा निधन भएको छ ।

रतनकलीलाई ४१ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा ल्याइएको थियो ।बिरामी नभए पनि बूढेसकाल लागेकै कारण मृत्यु भएको हो’, उनले भने, ‘विधिप्रक्रिया अनुसार शुक्रबार अन्त्येष्टि गरिएको छ ।

रतनकलीको अन्येष्टिमा हिजो शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारी सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।निकुञ्जमा दश वटा हात्तीको दरबन्दी रहे पनि अहिले सात वटा मात्रै रहेको प्रमुख संरक्षण अधिकृत रहेको बताए ।

प्रतिक्रिया दिनुस