कञ्चनपुर ,पुष १२ ,कञ्चनपुरको भीमदत्त नगरपालिका हुने जैविक धार्मिक पर्यटन मार्ग दोस्रो म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भीमदत्त नगरपालिकाको आयोजना पुष १५ मा हुन लागेको दोस्रो म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।

नगरको सम्बृद्धि एव खेलकुद क्षेत्रको विकासका लागि जनप्रतिनिधी आएपछि निर्माण भएको उक्त जैविक धार्मिक पर्यटन मार्गमा म्याराथन प्रतियोगिता संचालन हुन लागेको छ । भीमदत्त नगरपालिकाले उत्तरी चुरे रौटेला हुँदै ब्रम्हदेबसम्मका सम्पूर्ण धार्मिक जैविक मार्ग जोड्ने हिसाबले दुई बर्ष अघि उक्त मार्ग विस्तार गरेको थियो । अघिल्लो बर्षदेखि नगरपालिकाले नगरको भौतिक विकास र खेलकुद विकासका जनसहभागिता बृद्धि गराउने हिसाबले प्रथम जैविक धार्मिक पर्यटन मार्ग म्याराथन प्रतियोगिता आयोजना गरेको थियो । प्रतितियोगिताको सबै तयारी पुरा भएको भीमदत्त नगरपालिका समाजिक विकास  समितिका संयोजक हरकसिह धामीले बताए ।

प्रतियोगितामा सहभागि धावकको दुईदिन परिक्षण गछौँ, ‘उनले भने, ‘दौडका लागि स्वास्थ्यका हिसाबले ठिक भएकालाई मात्रै सहभागि गराउँछौँ ।’ सयोजक धामीका अनुसार भीमदत्त नगरपालिका क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका १८ बर्ष मुनीका छात्र छात्रा ५ किलोमिटर, महिला १५ किलोमिटर र खुला तर्फ २१।१ किलोमिटर दुरीमा प्रतिस्पर्धा गराईने बताए ।

सयोजक धामीले छात्र तर्फ ११०, छात्रा १०५ गरि २१५, महिला २५ र खुला तर्फ १५० जना गरि ३ सय ९० जनाले नाम दर्ता गराएको बताए । खुला प्रतियोगिताका लागि महेन्द्रनगरको खुलामञ्चदेखि बजार भीनपा ४, ६, ३ तिकलपुर हुँदै ब्रम्हदेब र छात्रछात्रा र महिला तर्फ भीनपा ३ तिलपुरको बैजनाथ मन्दिरदेखि छात्र छात्राका लागि भीनपा ८ तिलाचौरको चिल्ड्रेन पार्कसम्म र महिलाका लागि भीनपा ९ ब्रम्हदेबसम्मको दुरी तोकिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि सामुदायिक, निजी विद्यालयका छात्रछात्रा, महिला, खुला तर्फ आयोजक भीमदत्त नगरका नगर प्रहरी सहित विभागिय नेपाल प्रहरी सशस्त्र बल र नेपाली सेनाबाट सहभागिता हुने छ । अघिल्लो बर्षको म्याराथन प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलका सन्तोष विष्टले जितेका थिए । भीमदत्त नगरका प्रमुख सुरेन्द विष्टले नगरको सम्बृद्धिका साथै खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । मेयर विष्टले यस बर्ष अघिल्लो बर्षको प्रतियोगिताको पुरस्कारको तुलनामा राशी बृद्धि गरिएको बताए ।

१८ बर्ष मुनी तर्फका विद्यालय छात्रछात्राका लागि अघिल्लो बर्ष क्रमस प्रथम १०, द्वितिय ७, तृतिय ५, चतुर्थ ३ र पाँचौँ १५ सय र छैटौँलाई हजार रुपैया पुरस्कार दिएको थियो । भने यस बर्ष प्रथम १५, द्वितिय १२ तृतिय १०, चतुर्थ ८ र पाँचौँ ६५ सय र छैटौँलाई ४ रुपैया पुरस्कार दिएको तोकिएको छ । महिला तर्फ अघिल्लो बर्ष प्रथम १५, द्वितिय १० र तृतिय ७ हजार थियो, भने यस बर्ष प्रथम २०, द्वितिय १५ र तृतियलाई १२ हजार रुपैया निर्धारण गरिएको छ । भने खुला तर्फ अघिल्लो बर्ष प्रथम ३० हजार, द्वितिय २० र तृतियलाई २० हजार पुरस्कार थियो, भने यस बर्ष प्रथम ४०, द्वितिय ३० र तृतियलाई २० हजार निर्धारण गरेको छ । ‘हामीले गत बर्ष भन्दा यस बर्ष पुरस्कारको राशी समेत बृद्धि गरेका छौँ, ‘मेयर विष्टले भने, ‘यो सबै समाजका सबैको सहयोगबाट गरिरहेका छौँ ।’

मेयर विष्टले उद्घाटनका लागि सुचना संचारमन्त्री गोकुल बास्कोटा सहित खुलकुद क्षेत्रका उच्च प्रोफाईलका व्यक्तित्वबाट उद्घाटन गरिने बताए । यसैविच भीमदत्त नगरपालिकाले अघिल्लो बर्ष भन्दा यस अघि थप पुरस्कृत बनाईने बताए ।

उद्घाटन खुलामञ्च र तिकलपुरको बैजनाथ माविबाट शुरुवात गरिएपनि समापन भने ब्रम्हदेबमा गरिने छ । दावन मार्ग व्यवस्थित बनाईदै आर्थिक पारदर्शीता समेत हुने उद्घोष गरेका छन् । यसैविच प्रतियोगिताको विषयमा शनिबार समेत आयोजकले सरोकारवाला एवसल्लाहकारसंग छलफल गरेको छ । पत्रकार सम्मेलनको भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले संचालन गरेका थिए । कार्यक्रममा नगरका विभिन्न वडाअध्यक्ष, कार्यपालिका सदस्य सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस