कैलाली पौष १४ ,कैलाली जिल्लाको अत्तरिया चौराहामा लगाएको व्यापारिक विज्ञापन हटाउन अखिल क्रान्तिकारी कैलाली जिल्ला संगठनले गोदावरी नगरपालिका लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

कैलाली जिल्लाको गोदावरी नगरपालिकाको अत्तरिया चौराहामा लगाएको व्यापारिक विज्ञापनलाई यथासक्य हटाई सुदुरपश्चिमको पहिचान झल्कने पर्यटकीय र सुदुर बासीको पहिचान झल्कने खालका हुडिङ बोर्ड राख्न नगरपालिकालाई अनुरोध गर्दै संगठनको ध्यानाकर्षण पत्र बुझाइएको छ।

गोदावरी नगरपालिकालाई व्यापारिक विज्ञापन हटाउन ध्यानाकर्षण पत्र बुझाएको अखिल क्रान्तिकारी कैलाली जिल्ला संगठनका अध्यक्ष पुस्कर राज जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार अत्तरिया चौराहामा लगाएको व्यापारिक विज्ञापनलाई हटाउन नगरपालिका तयार रहेको नगर प्रमुख हरि शिह साउद बताए ।

प्रतिक्रिया दिनुस