काठमाडौं पौष १४ , नेकपा (क्रान्तिकारी माओवादी)ले प्रेस वक्तव्य निकालेर कडा विरोध एवम् भत्र्सना गरेको छ ।प्रधानमन्त्री केपी ओलीको पूर्व स्वीकृतिमै ज्ञापन पत्र बुझाउन गएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको टोलीमाथि भएको फासिवादी दमन, लाठि चार्ज र गिरफ्तारीको पार्टी महासचिव मोहन वैद्य‘किरण’ले वक्तव्य जारी गरेको वक्तव्यमा भनिएको छ, “उप–प्रधानमन्त्रीद्वारा अनुमति प्रदान गरिएको प्रतिनिधि मण्डलको भेटघाटको कार्यक्रममा यसरी सरकारद्वारा गरिएको निर्मम फासीवादी दमन, लाठी चार्ज र गिरफ्तारीको हाम्रो पार्टी जोडदार विरोध तथा भत्र्सना गर्दछ । यो देशभक्त नेपालीहरुका लागि अति संवेदनशील तथा दुर्भाग्यपूर्ण परिघटना हो ।”

वक्तव्यमा अगाडि भनिएको छ, “हाम्रो पार्टीका गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको अविलम्ब रिहाइ र घाइते तुल्याइएका नेता तथा कार्यकर्ताहरुको उपचारका लागि सरकारसंग जोडदार माग गर्दछ । राष्ट्रिय स्वाधीनताको हाम्रो आन्दोलन निरन्तर जारी छ रहने छ । त्तकाल नेतानेता तथा कार्यकर्ताहरु रिहाइ नभए देशैभरि बाट कडा आन्दोलन गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुस