कञ्चनपुर पौष १३ ,कञ्चनपुरको महाकाली नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।महाकाली नगरपालिका–३ दोधारा चाँदनीमा करेन्ट लागेर १९ वर्षीय तेज राज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले बतानुभयो ।

बैजनाथ इन्जिनियरिङ कलेजमा अध्यननरत कृष्णपुर नगरपालिका–१ दोमिल्ला घर भएका जोशी ओजिटीका लागि महाकाली नगरपालिका–३ दोधारा चाँदनी गएका थिए ।जोशीलाई सडक नाप्ने बेला करेन्ट लागेको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल ल्याउने तयारी भइरहेको बताए ।घटना शंकास्पद भएको भन्दै परिवारले सत्य, तथ्य छानविनको माग गरेको छ । घटनाको बारेका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस