धनसिह धामी
कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरे तटिय गैलनदी गाँउमा नेपाल प्रहरीको आधुनिक भवन निर्माण हुने भएको छ । बेदकोट नगरपालिका ८ गैलनदीमा प्रहरीको आधुनिक अढाई तले भवन निर्माण हुने भएको हो । दुई बर्ष अघि स्थायी प्रहरी चौकी स्थापना भएको गैलनदीमा अब स्थायी रुपमा प्रहरीको आफ्नै भवन निर्माण हुन लागेको छ । बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले जमिनको भागाधिकार पाए लगत्तै स्थायी प्रहरी चौकी निर्माण कार्य अघि बढेको बताए ।
उनका अनुसार कार्यालय प्रमुख, हल, कार्यालय, निवास, भान्साघर, स्टोर सहितको सरचना निर्माण हुनेछ । वडाध्यक्ष जोशीले १५ जेठ ०८१ मा तत्तकालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीको पालनामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो । त्यसपछि तत्तकालिन एसपी खडक बहादुर खत्रीको पालामा ८ कट्टा जमिनको भोगाधिकार पाएसंगै स्थायी रुपमै प्रहरी चौकी स्थापना भएसंगै नयाँ भवन निर्माण कार्य अघि बढेको बताए ।
वडाध्यक्ष जोशीले वडा सहित गाँउको स्थानीय शान्ति सुरक्षाका लागि उतिबेला अस्थायी प्रहरी चौकी र अहिले स्थायी रुपमै स्थापना गरिएको बताए । ‘चार वर्षअघि हामी निर्वाचित भएसँगै पहिलो वडा कार्यालयले प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेका थियौँ,’ उनले भने, ‘वडा, पालिका हुँदै जिल्ला सुरक्षा समितिसम्मै निवेदन पेस गरेसँगै आज आएर प्रहरी चौकी स्थापना गर्न सफल भएका छौँ ।’
ग्रामिण भेगका जनताको सुरक्षाका साथै गाउँमा हुने उच्छृङगल गतिविधि, लागुऔषधको गैरकानुनी गतिविधि नियन्त्रणका लागि प्रहरी चौकी अपरिहार्य भएकाले प्रहरी चौकी स्थापना गर्न सफल भएको वडाध्यक्ष जोशीले बताए । ‘प्रहरीसहित हामीले वडाका सबै टोलमासचेतीकरण अभियान थालेका छौँ, ‘उनले भने, ‘गैरकानुनी काम स्वनियन्त्रणका लागि वडाका व्यवसायीसँग अनुरोध गर्छौँ, त्यहीअनुरूप थप अवान्छित गतिविधि रोक्छौँ ।’
पछिल्ला दिनहरूमा वृद्धि भइरहेको गैरकानुनी गतिविधि लागुऔषधको सेवन, ओसारपसारजस्ता कामकारबाही नियन्त्रण गर्ने बताए । प्रहरी चौकी स्थापना भएसंगै गाँउमा शान्ति सुरक्षाका कार्यक्तम संचालन गरिएका वडाध्यक्ष जोशीले बताए ।
गाँउमा प्रहरी चौकी स्थापनार्थ पुर्व गृहमन्त्री रमेश लेखक, हालका मन्त्रीद्वय प्रतिभा रावल, गिता चौधरी, कञ्चनपुरका लेखा प्रशासन शाखा प्रमुख सई धिरेन्द्र विष्ट, कार्यशाखा प्रमुख असई सुरेन्द्र सिह धामी, बेदकोट नगरपालिका, तत्तकालिन कञ्चनपुरका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिप्रका, प्रदेश, केन्द्रीय प्रहरी, गृहमन्त्रालयका अधिकारीहरुको भूमिका रहेको भन्दै आभार प्रकट गरेका छन ।
३१ असार ०८३ बुधबार एक कार्यक्रमका विच कञ्चनपुरका प्रहरी प्रमुख नेत्रमणी गिरीको भवनको शिलान्यास गर्दै नागरिक सुरक्षाका लागि प्रहरी बस्ने घर सुरक्षित बलियो हुनुपर्नेमा जोडदिए ।
एसपी गिरीले प्रहरी चौकी स्थापनासंगै ग्रामिण भेगको सुरक्षामा चनाखो हुनुपर्नेमा जोडदिएका छन । बेदकोट नगरका सवईन्जिनियर महादेव जोशीले चर्चित काम गर्ने निर्माण कम्पनी मष्टा निर्माण बेतालमाण्डु जेभीले ३१ असार ०८३ मा सम्झौता गरेर ३१ असार ०८४ अर्थात एक बर्षको अवधिमा निर्माण कार्यका लागि प्रदेश प्रहरीसंग सम्झौता गरेको बताए । २ करोड, ७४ लाख बढी रकम स्टमेट भएपनि १ करोड, ९३ लाख, ८२ हजार, तीनसय ७८ रुपैयामा सम्झौता भएको छ ।
दुई बर्ष अघि अस्थायी रुपमा गैलनदीमा स्थापना भएको प्रहरी चौकीले गाँउको शान्ति सुरक्षामा भूमिका निर्वाह गरेको नागरिक समाजका अगुवाहरुको भनाई छ । गाँउमा प्रहरी चौकी स्थापनाका लागि वडाध्यक्ष महेश राज जोशी नेतृत्वमा सरोकारवालाहरुले खेलेको भूमिकाकै कारण स्थायी प्रहरी चौकी भवन निर्माण हुन लागेको बताएका छन ।
बैजनाथ माविका प्रद्यानाध्यापक पदम बोहराले चौकी स्थापनासंगै गाँउमा शान्ति सुरक्षाको अनुभूती भएको बताए । ‘हाम्रै विद्यालयमा दिउँसै बाह्यका केही ट्यापे केटाहरु आएर विद्यार्थीलाई डिस्र्टब गर्दै आएका थिए, ‘प्रअ बोहराले भने, ‘प्रहरी चौकी स्थापनासंगै विद्यालयमै हुने गैर कानूनी गतिबिधी नियन्त्रण भएको छ ।’ जनता माविका शिक्षक भोजराज भट्टले गाँउमा प्रहरीको उपस्थितिसंगै अबाञ्चित गतिबिधी न्यूनिकरण उन्मुख भएको बताए ।

