नरेन्द्र महरा 

कञ्चनपुर । कैलाली गोदाबरीको धौलेपानी राष्ट्रिय वनबाट बरामद गरिएको अवैध काठ प्रकरणमा दुई छुट्टाछुट्टै छानबिन समिति गठन गरिएका छन । १५ साउन ०८३मा धौलेपानी राष्ट्रिय वनको काठ कृष्णपुर १ दिपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रबाट बरामद गरिएको काठ छानबिनका लागि दुई छानबिन समिति गठन गरिएका हुन । बदमासी लुकाउन डिभिजन वन कार्यालय कैलालीले छुट्टै बनाएको समिति बनाएको छ ।

झण्डै डेढ हजार क्युफिट अवैध रुपमा टेक्टरमा ओसारीरहेको उक्त सालको काठ डिभिजन वन कार्यालय कञ्चनपुर सहित प्रहरीको संयुक्त टोलीले बरामद गरेको थियो । अहिले घाटगदीको समय समेत नभएकाले गैर कानुनी रुपमा कैलाली वनका कर्मचारीको मिलोमतोमा तस्करी हुन लागेको भन्दै सरोकारवाला सरक्षणकर्मीबाट आवाज उठे लगत्तै क्षेत्रीय वन निर्देशनालयले वन अधिकृत बाल मुकुन्द भट्टको नेतृत्वमा छानबिन समिति गठन गरे लगत्तै डिभिजन वन कार्यालय कैलालीले पनि वरिष्ठ वन अधिकृत जिवछ यादव संयोजकत्वमा वन अधिकृत चन्द्र बहाुदर भण्डारी, प्रशासन अधिकृत यज्ञ नारायण श्रेष्ठ सदस्य रहने गरेर छानबिन समिति गठन गरेको हो ।

जबकी अनाधिकृत रुपमा काठ ओसार्ने काठ तस्कर समुहलाई सघाउ पु¥याउने काम गरेको कैलाली डिभिजन वन कार्यालयका कर्मचारीमाथि आरोप छ । माथिल्लो तहबाट छानबिन समिति गठन गरिपनि त्यस बिरुद्धमा वास्तविकता विषयान्तरणका लागि डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामविचारी ठाकुरमाथि समेत गम्भिर आरोप लागेको छ । निर्देशनालयको छानबिन टोली मात्रै विवारहित काबिल वन अधिकृत बालमुकुन्द भट्ट नेतृत्वको छानबिन टोलीले सत्यतथ्य बाहिर ल्याउने हतास मनस्थितिले कैलालीले त्यस बिरुद्ध छुट्टै समिति गठन गरेको वनकै कर्मचारीको दावि छ । माथिल्लो निकायबाट गठन भएको छानबिन समिति बिरुद्ध आफ्नै छुट्टै किन गरिएको विषयमा वनकै कर्मचारी मात्रै होईन,सरक्षणकर्मीदेखि सर्वसाधारण समेत अचम्मित भएका छन । डिभिजन वन प्रमुख ठाकुरले सात दिनभित्र प्रतिवेदन पेश गर्न समय दिएसंगै काठ बरामद भएको सव डिभिजन वन कार्यालय वाणीमा पुगेका कर्मचारीहरुलाई स्थानीयले फकाईदिएका छन । स्थानीयहरुले क्षेत्रीय वन निर्देशनालयबाट समिति गठन हुँदाहुँदै अनि जिल्लाले पनि गरेर छानबिन प्रंभावित पार्ने काम गरेको भन्दै उनीहरुलाई रोकेरै केही बेर थुनेर फाईदिएका हुन । सुुदूरपश्चिम प्रदेश वन निर्देनालयका प्रदेश वन निर्देशक हेमराज विष्टले काठ बरामदीको विषय पछिसम्म फरक नपर्ने गरेर बस्तुगत अनुसन्धान गरेर सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।

कैलाली डिभिजन वन कार्यालयका प्रमुख ठाकुरले काठ व्यवसायी तस्कर समुहसंग मिलोमतो गरेर बहुमुल्य काठ तस्करी गराउन खोजेको स्थानीयको आरोप थियो । जहाँ गयो त्यही पटक पटक वाद विवादमा आउने वन हाकिमका कारण सुप प्रदेशको वन, वन्यजन्तु नासिदै गएको जनताको गुनासो छ । कैलालीबा खटिएका बरिष्ठ वन अधिकृत जिवछ यादवले कार्यालयबाट खटाएकाले आफुहरु अनुसन्धानका लागि आएको बताएका थिए ।

साउन महिनामा कटानी, घाटगदी जस्ता कामकाज पूर्ण बन्द यति गर्नुपर्ने भै भएपनि बस्तुगत प्रमाणित सहित माथिल्लो निकायको आदेश बिना गर्न नपाउने अवस्थामा पनि कैलाली डिभिजनकै मिलोमतोमा यसरी काठ तस्करीका लागि बनाईएको योजना जनतादेखिका अन्य सरकारी निकायको चनाखोपनले चुहिएको छ ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशीले टाँचा बिनैको अवैध काठ आएको बताए । ‘यो साउन महिनामा काठ बन्द हुन्छ, ‘उनले भने, ‘यसरी वनमा प्रवेस पनि बन्द हुन्छ, दिपेन्द्र सामुदायिक वनमा राखेर छाडियो किन ?, सत्यतथ्य छानबिन गरेर कार्बाही नगरे संरक्षणकर्मी आन्दोलिन हुन्छन ।’ सेटिङ्गमा आएको काठ भन्ने सुन्नमा आएकाले यसमाथि सत्यतथ्य छानबिन गर्नुको विकल्प नभएको उनको भनाई छ ।

दिपेन्द्र स्मृति सामुदाियक वन उपभोक्ता समुहले सव डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहको मौखिक आदेश निर्देशनमा उक्त काठ राखिएको जनाएको छ । उक्त काठ प्रकरणमा वनकै कर्मचारीको मिलोमतो भएकै कारण राष्ट्रिय वनबाट ल्याएर सामुदायिक वन क्षेत्रमा छाडिएको समेत सरक्षणकर्मीको दावि छ । यस्ता विषयमा वनले मात्रै होईन अख्तियारदेखिका अन्य निकायबाट समेत छानबिन गरेर संलग्न सबैमाथि कार्बाहीको माग उठिरहेको छ । सरक्षणकर्मी नै तस्करसंग कतै मिलोमतो गरेको चौतर्फि आशका व्यक्त हुन लागेका छन । वाणी सव डिभिजन वन कार्यालयका प्रमुख भरत शाहले कैलाली राष्ट्रिय वनको काठ कञ्चनपुरको दिपेन्द सामुदायिक वनमा राख्न दिएको विषयमा प्रशन गर्दा उक्त प्रशन विषयान्तर गर्दै छानबिन टोली गठन भएकाले घटनाको वास्तविकता सबै खुल्ने दोषि को को हुन ? पत्ता लाग्ने कार्बाही हुने भन्दै पन्छिए ।

वन निर्देशनालयबाट अनुसन्धानको जिम्मेबारी पाएका बरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टले सोमबार निर्देशनालयलाई पत्राचार गर्दै डिभिजन वन कार्यालय कैलालीले क्षेत्राधिकार नाघेर जिल्लामा गैर कानुनी प्रवेस गरेर अनुसन्धान प्रभावित पार्नेदेखि प्रमाण नष्ट गर्ने भएकाले उक्त टोली फिर्ता गर्नुपर्ने माग अघि सारेको छ । यसमा थप बुझ्न खोज्दा कैलाली डिभिजन वन कार्यालयका प्रमुख रामविचारीको ९८४१५५५५६७नम्बरमा पटक पटक फोन गर्दा समेत

उठाएनन् ।

प्रतिक्रिया दिनुस