कञ्चनपुर पोष २० , कञ्चनपुर जिल्ला पुग्नु भएका पुर्व प्रधानमंत्री नेकपा बरिष्ट नेता माधव कुमार नेपालले महेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा दुई तिहाईको सरकारले जनता भावना ,गुनासा सुन्ने धर्यता राख्नु पर्ने भन्दै अहिले सरकार गुडिरहेको र अव केहि समय पछि उड्ने तयारी मा रहेको बताए ।

कालापानीको सिमा बिबाद तत्काल दुवै पक्ष को प्रमाण सहितको छलफल गरेर समाधान गर्नु पर्ने बताउनुभयो कालापानी नेपालको भए पनि भारतले आफ्नो नक्सा प्रयोग गरिएको हुदा दुवै देशको छलफल बाट सम्भव भएको बताउनुभयो ।

एम सि सि को बारेमा पनि व्यापक छलफल गरेर मात्र सम्झौता गर्नुपर्ने बिषय भएकाले नेकपा पार्टीले बिस्तारित बैठकमा यस बिषयमा छलफल गर्ने बताए ।पत्रकार सम्मेलनमा पत्रकार हरु प्रेस स्वतन्त्रताको नाममा छाडा भएको जस्तो देखिएकाले पत्रकारले जिम्मेवारी भएर कलम चलाउनु पर्ने बताए ।प्रेस संगठनका संयोजक कर्ण चन्द्रको अध्यक्षता भएको पत्रकार सम्मेलन प्रेस संगठनका पत्रकार राजेन्द्र अवस्थीले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुस