कञ्चनपुर पौष २६ ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ को वार्ड कार्यालय भवन उद्घाटन गरिएको छ । शुक्लाफाँटा नगरपालिका एक बन्शाहमा नवनिर्मित कार्यालय भवनको उद्धाटन प्रतिनिधि सभा सदस्य माननीय नर बहादुर धामी बाट गरिएको छ ।

उद्घाटन समारोह बोल्दै प्रमुख अतिथि माननीय सभासद नर बहादुर धामीले शुक्लाफाँटा नगरपालिकामा शुक्लाफाँटा प्राविधिक शिक्षालय स्थापना भएर पठाई भईरहेको छ अव थप शुक्लाफाँटा नगरपालिकामा बहु प्राविधिक शिक्षालय स्थापनाको लागि पहल भईरहेको बताउनुभयो ।

निर्वाचन क्षेत्रमा दुई ओटा नमुना माध्यामिक बिध्यालय बनाउने पहल भईरहेको छ प्रतेक वार्ड हरुमा एक एक ओटा प्राथमिक स्वास्थ्य केन्द्रका लागि पहल भईरहेको बताए । तिन ओटा सरकार आए पछि विकासको गति तिब्र रुपमा अगाडि बढिरहेको बताए । बिशिष्ट अतिथि नगर प्रमुख दिल बहादुर ऐरले जनताका आधारभूत आवश्यकता र समस्यालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए जनताको अपेक्षा अनुसार विकास निर्माणमा नगरपालिका लागि रहेको छ ।

विकास निर्माणका लागि जनताको सुझाव सहित खवरदारीको खाचो रहेको छ । शुक्लाफाँटा नगरपालिकामा रहेका आरक्ष पिडित, हलिया लगायतका सबैका समस्या समाधान गर्ने नगरपालिका लागि रहेको बताउनुभयो ।

वार्ड नम्बर एक को नवनिर्मित भवन ७१,६८,००० हजारको लागतमा निर्माण भएको छ।भवन निमार्णको ठेक्का आरपी कन्स्ट्रक्शनले पाएको थियो । नवनिर्मित भवनको उद्घाटन समारोहमा वार्ड कार्यालयको दैनिक कामकाजको उच्च मूल्यांकन गर्दै कार्यालय सहयोगी पर्मान्नद भट्ट लाई सम्मान गरिएको छ ।

वार्ड अध्यक्ष हरिश बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिका मेयर दिल बहादुर ऐर विशिष्ट अतिथि प्रदेश सभा सदस्य लाल बहादुर खड्का ,शुक्लाफाँटा नगरपालिका प्रवक्ता जगत बहादुर सिंह अतिथि शुक्लाफाँटा नगरपालिका २ का वार्ड अध्यक्ष शिव राज पनेरु अतिथि सृजना सामुदायिक बनका अध्यक्ष शुवर्ण बिष्ट ,अतिथि विभिन्न राजनितक दलका प्रतिनिधि लगायत स्थानीय संघ संस्थाको प्रतिनिधि रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य शुक्लाफाँटा नगरपालिका वार्ड नं एकका वार्ड सदस्य उत्तर देव भट्टले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन शुक्लाफाँटा नगरपालिका न्यायिक समिति सदस्य तथा वार्ड सदस्य पर्मानन्द जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुस