पोखरा पौष २५ ,पोखरामा चार राजनितिक संगठनको आयोजनामा सिमा समस्या र लिम्पियाधुरा बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।देजमो नेपाल, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेको आयोजनामा सिमा समस्या र लिम्पियाधुरा बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा लेखक रतन भण्डारीले अतिक्रमणको चपेटामा रहेको लिम्पयाधुरा र लिपुलेक नेपालको हो भन्ने बिषयमा संकलित तथ्यगत प्रमाण सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।भण्डारीद्वारा प्रस्तुत कार्यपत्रमाथि प्रा . डा केसीले टिप्पणी गर्दै भारतले नेपालीलाई हदैसम्म हेपेको बताए ।प्रा . डा केसीले लिम्पियाधुरा, लिपुलेक नेपालको हो भन्ने कुरामा दुईमत नहुदा नहुदैपनि नेपाल सरकारले सीमा विवाद सुल्झाउन नसके जनस्तरबाटै आन्दोलन गर्नुपर्ने अवस्था आउने वताए ।

उनले सरकारले नेपालको मिचिएको सबै भुभाग सहितको वास्तविक नक्शा तत्काल सार्शजनिक गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपालप्रति भारतको नियत नै खराब भएको वताउदै नागरिक र जनस्तरबाटै आन्दोलनको उभार सिर्जना गरी सरकारलाई सीमा अतिक्रमणका बिषयमा ब्यूझाउनुपर्ने सुझाए ।उनले भारतले नेपाललाई क्षमताविहिन ठान्दै प्राकृतिक स्रोत र साधनमाथि आखा गाडेको वताए ।

देजमो गण्डकी प्रदेशका अध्यक्ष नेत्र रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गिरिराज गौतम, युवासंघ पोखराका पुर्व अध्यक्ष आनन्दराज मुल्मी, स्वतन्त्र बामपन्थी नेता रामराज रेग्मीले गुमेको नेपाल फिर्ता ल्याउ जनस्तरबाटै पहल गर्नुपर्ने वताए ।कार्यक्रममा सहभागीहरुले देशको सीमा मिचिदा सरकार मौन बस्नुमा शंका व्यक्त गरेका थिए ।

सन्चालन समाजवादी पार्टीका केस एवं महानगर पोखराका अध्यक्ष टिकाराम पौडेलले गरेका थिए ।पोखरामा चार राजनितिक संगठनको आयोजनामा सिमा समस्या र लिमापियाधुरा बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।कार्यक्रममा सहभागीहरुले देशको सीमा मिचिदा सरकार मौन बस्नुमा शंका व्यक्त गरेका थिए ।कार्यक्रमको सन्चालन समाजवादी पार्टीका केस एवं पोखरा महानगरपालिकाका अध्यक्ष टिकाराम पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुस