धनुषा पौष २५ , धनुषाको मिथिला नगरपालिकामा आज बिहान युवकलाई टिपरले किचेर हत्या गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ। अवैध नदी उत्खनन्को विरोध गर्ने युवकलाई धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर ‘हत्या’ गरिएको थियो ।

उक्क्त घटनामा अनुसन्धानका लागि प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको छ।शुक्रबार बिहान टिपरको ठक्करबाट स्थानीय दिलिपकुमार महतोको मृत्यु भएको थियो।

चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान थालेको धनुषा प्रहरीले जनाएको छ। घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए। उनको खोजीमा परिचालित टोलीले ढल्केवर पश्चिमबाट नियन्त्रणमा लिएको बताइएको छ। पीडित परिवारले पनि किचिए हत्या गरेरको दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुस