गोरखा पौष २७ ,नेकपा (क्रान्तिकारी माओवादी )पार्टी निकटको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, गोरखाले र्दाचुला जिल्लाको कालापानीबाट भारतीय सेना हटाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको देजमो गोरखा जिल्ला अध्यक्ष छविलाल घलेले जानकारी दिनुभयो ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी सम्मको ३८५ वर्ग किलोमिटर साथै सूस्ता, महेबपुर लगायत करबि ७१ ठाउँ सिमानाको भू–भाग भारतले मिचिेको भन्दै विरोध समेत जनाएको छ ।

देजमो गोरखाले दार्चुला जिल्लास्थित कालापानीमा ५७ बर्ष देखि भारतीय सेना बस्दै आएको र हटाउनुपर्ने भन्दै चारबुंदे माग समेत राखेको छ ।

प्रतिक्रिया दिनुस