काठमाडौं पौष २७ , नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यहरुले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् ।

तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् । अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । ४५ सदस्यीय स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुस