काठमाडौं पौष २७ , नेकपा पार्टीको भातृ संगठन अनेरास्ववियूमा बिदाद शुरु भएको छ । आइतबार काठमाडौंमा केन्द्रीय कमिटिका सदस्यहरुको सपथ ग्रहण आयोजित कार्यक्रम गर्दा असुन्तुष्ट बिध्यार्थी नेताहरुको ठुलो समुह छुटै भेला भएर समानान्तर कमिटि निर्माण गर्ने तयारीमा लागेको स्रोतले जनएको छ । पुर्व अखिल क्रान्तिकारी उपाध्यक्ष पञ्चा शिह लगायतका बिध्यार्थी नेताहरुको समुह छुटै समानान्तर कमिटि निर्माणमा लागेका छन ।

संगठनमा सहसंयोजक रंजित तामाङले आफ्ना नजिकका आसेपासे समेट्न खोजेको र संगठनमा लामो समय योगदान गरेका कृयाशिल नेताहरु छुटाएको भन्दै बिध्यार्थी नेताहरुले असन्तुष्टि जनाएका छन ।

आईतबार भएको असन्तुष्ट बिध्यार्थी नेताहरुको भेलामा उपाध्यक्ष पंन्चा सिह  ,उपाध्यक्ष दिपक देवकोटा , उपमहासचिव तुकमान  महरा ,लक्ष्मी प्रसाद जोशी ,रवि किरण यादव ,  सचिवहरु मदन भट्टराई ,सुर्य नारायण शाह,क्षितिज साप्कोटा, नारायण खनाल, अम्मरजंग शाही ,डिबि साउॅद, राज कुमार याक्सो लिम्बु, मदन भुल  लगायतका ६० जना बिध्यार्थी नेताहरु  भेला भएका थिए ।

 

प्रतिक्रिया दिनुस