कञ्चनपुर पौष २८ , कञ्चनपुरको वेदकोट नगरपालिकाले माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले माघे संक्रान्ति र चौधरी, डंगौरा लगायत आदिवासी थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आदिवासी थारु समुदायको प्रमुख पर्व माघी भएकोले नगरपालिकाले दुई दिन बिदा दिने निर्णय गरेको नगर प्रवक्ता नरेश बहादुर सिंहले जानकारी दिनुभयो । थारु चौधरीहरुले माघीलाई धुमधामका साथ मनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुस