कैलाली पौष २८ , अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको गोदावरी नगर कमिटि गठन भएको छ । गोदावरी नगरपालिकामा ११ जनाको नगर कमिटि निर्माण गरिएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारी सुदुरपश्चिम प्रदेस संयोजक टंक कोईरालाले जानकारी दिनुभयो । नगर कमिटि अध्यक्षमा धर्म जोरा सचिव हरु बिक सदस्यमा मान बहादुर चैधरी ,धन बहादुर बिक ,जगु नेपाली,सन्तली चौधरी ,गोरी बुढा ऐर,गैरी लाल पार्की लगायत रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ क्रान्तिकारी सुदुरपश्चिम प्रदेस संयोजक टंक कोईराला बिशिष्ट अतिथि नेकपा क्रान्तिकारी माओवादी कैलाली जिल्ला सेक्रेटरी रुद्र कँडेल देजमो कैलाली जिल्ला संयोजक लोक बिक अतिथि अखिल नेपाल क्रान्तिकारी महिला संघ कैलाली जिल्ला संयोजक भगवती शिह रहेका थिए । अखिल नेपाल क्रान्तिकारी किसान संघ कैलाली जिल्ला सदस्य उर्मिला मल्लको अध्यक्षता कार्याक्रम भएको थियो । सञ्चालन अखिल नेपाल किसान महासंघक्रान्तिकारी जिल्ला संयोजक हरि नारायण रानाले गरेका थिए ।

प्रतिक्रिया दिनुस