कञ्चनपुर पौष २९ , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी भएको छ । बैजनाथ मा.विका प्रधानाध्यापक बिरेन्द्र शिंह माथि कार्य कक्षमै अस्लिल गाली गलौजका साथै हातपात गरेको भन्दै शिक्षक संगठनले तालाबन्दी गरेका छन ।

शिक्षक शिंह माथि दृव्यवहार गर्ने वार्ड सदस्य र विध्यालय व्यवस्थापन सदस्यलाई कानुनी कार्विहिको माग गर्दै नेपाल राहत शिक्षक केन्द्रिय समितिले एक प्रेस बिज्ञप्ती जारी गरेको छ ।

प्रधानाध्यापक बिरेन्द्र शिंह माथि भएको अपमान अस्लिल गाली गलौजका साथै हातपात भएको घटनाको सत्य तथ्य छानविन गर्न शुक्लाफाँटा नगरपालिकाको नगर शिक्षा शाखामा अनिस्चितकालिन तालाबन्दि गरेको नेपाल राहत शिक्षक केन्द्रिय समिति सदस्य तथा कञ्चनपुर सह ईन्चार्ज गोबिन्द बहादुर ढाँटले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस