कैलाली माघ २ , कैलाली जिल्लाको गोदावरी नगरपालिमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको कमिटि बिस्तार अभियान सञ्चालन गरेको छ । बिहिबार गोदावरी नगरपालिका ३ मा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको टोल कमिटि गठन गरिएको छ ।

गोदावरी नगरपालिका वार्ड नं ३ को सुकुम्बासी टोलमा ७ जनाको टोल कमिटि निर्माण गरिएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारी सुदुरपश्चिम प्रदेस संयोजक टंक कोईरालाले जानकारी दिनुभयो ।

टोल कमिटि अध्यक्षमा कालु बिक उपाध्यक्ष पार्वती साउद सचिव सिता साउद बोहरा कोषध्यक्ष नैसरी बिक सदस्यमा गिता बिक, नारु बिक,धार्म देवि बिक लगायत रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ क्रान्तिकारी सुदुरपश्चिम प्रदेस संयोजक टंक कोईराला अतिथि नेकपा क्रान्तिकारी माओवादी कैलाली जिल्ला सेक्रेटरी रुद्र अतिथि देजमो कैलाली जिल्ला संयोजक लोक बिक । अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ गोदाबरी नगर कमिटि सचिव हरु बिकको अध्यक्षता कार्याक्रम भएको थियो ।अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ कैलाली जिल्ला सदस्य उर्मिला मल्ले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुस