डडेल्धुरा माघ ३ , केहि दिन अघि भएको भारी हिमपातले सेताम्य सुदूरपश्चिमका उच्च लेकाली भू–भागमा फेरि हिमपात सुरु भएको छ । हिउँ पर्न थालेपछि सुदूरपश्चिमका उच्च लेकाली भेगका बासिन्दाहरुको जनजीवन कष्टकर बनेको छ । हिमपात भएपछि सुदूरपश्चिमका पहाडि जिल्लाका उच्च भू–भागमा हिउँले सेताम्मे भएको छ ।
सुदूरपश्चिमका पहाडि जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा दार्चुला, र बैतडीका उच्च लेकाली क्षेत्रमा बिहीबार देखि फेरि हिमपात शुरु भएको छ । हिमपात भएसँगै चिसो बढेपछि जनजीवन पनि प्रभावित भएको छ ।
बझाङ्घ जिल्लाको, साइपाल क्षेत्र दहबगर, सुर्मा, दौलीचौर क्षेत्र लगायतका अधिकांश गाउँमा अझै पनि हिउँ नपग्लिदा जनजीवन कष्टकर बनेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा मौसम बदली भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालमा अझैं एकसातासम्म वर्षात् हुने सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिनभर बदलीको अवस्था रही देशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी भेगमा भारी हिमपात हुनेछ ।आउँदो २४ घण्टा सम्म चिसो हुनेभएकोले आम सर्वसाधारणलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुस