काठमाडौं माघ ५ , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एमसीसीलाई संसदबाट अनुमोदन गराए देशको लागि राष्ट्रघाती कदम हुने बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव किरणले एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्ने कार्यलाई राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कुकृत्यको संज्ञा दिंदै यस्तो कदमको विरोध एवम् भत्र्सना गरेका छन् ।

उनले अमेरिकी साम्राज्यवादी योजनामा एमसीसी आएको र यसले नेपालमा सैन्य अखण्डा निर्माण गरी छिमेकी चीनलाई घेरा हाल्ने योजना अन्तर्गत लागू गर्न खोजिएको आरोप समेत लगाएका छन् ।

वक्तव्यमा महासचिव मोहन वैद्य ‘किरण’ले एमसीसीलाई अनुमोदन गर्ने राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र उक्त साम्राज्यवादी योजनाका विरुद्ध एकताबद्ध भएर सशक्त आवाज उठाउन आमजनसमुदायसहित सम्पूर्ण देशभक्तहरुमा अपिल समेत गरेका छन् ।

वक्तव्यमा भनिएको छ – ‘यतिबेला नेपालको राजनीति एमसीसी ९मिलेनियम च्यालेञ्ज कम्प्याक्ट० को वरिपरि केन्द्रित भएको छ । पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझै बलियो बनाउने र चीनलाई घेरा हाल्ने हिन्द–प्रशान्त रणनीतिको हिस्साका रुपमा नेपालमा आफ्नो शैन्य अखडा निर्माणको आधार तयार पार्नका लागि अमेरिकी साम्राज्यवादले एमसीसीलाई अगाडि सारेको कुरा स्पष्ट छ । फेरि अर्कोतिर, नेपाली जनतालाई ठूलो आर्थिक अनुदानको भ्रममा पारी सत्तापक्ष र प्रतिपक्ष दुवैले एमसीसीलाई संसदबाट अनुमोदन गराएर अमेरिकी सैन्य योजनालाई सफल पार्न जोड दिइराखेका छन् । यस प्रकारको स्थितिको गम्भीरतालाई आत्मसात गरी हाम्रो पार्टीले एउटा सार्वभौम मुलुकमाथि सैन्य अखडा निर्माण गर्ने अमेरिकी साम्राज्यवादी योजनाको कडा विरोध गर्दछ र त्यो योजनालाई सफल पार्नका लागि एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्ने दलालहरुको राष्ट्रघाती कुकृत्यको तीव्र भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी एमसीसीलाई अनुमोदन गर्ने राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र उक्त साम्राज्यवादी योजनाका विरुद्ध एकताबद्ध भएर सशक्त आवाज उठाउन आम जनसमुदायसहित सम्पूर्ण देशभक्तहरुलाई जोडदार आह्वान गर्दछ ।’

प्रतिक्रिया दिनुस