
कञ्चनपुर माघ ५ ,सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको सुधारको माग गर्दै दुई विध्याथी संगठनले सयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन । विश्वविद्यालयको सुधार तगा रिक्त पदाधिकारी को यथासिघ्र पदपुर्तिको माग गर्दै नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी) र नेपाली कांग्रेस निकट नेबिसंघले विश्वविध्यालयको ध्यानाकर्षण गराएका छन् ।
दुई बिधार्थि संगठनले एक प्रेश विज्ञप्ति जारी गर्दै सुदुरपश्चिम क्षेत्रकै धरोहरको रुपमा रहेको सु.प. विश्वविद्यालयमा लामो समय देखि रिक्त रहेको उपकुलपति र रजिस्ट्रारको नियुक्ति प्रक्रिया यथाशाक्य अगाडि बढाउन सरकार र सरकार द्वारा प्रस्तावित उच्च शिक्षा ऐन २०७६ मा केही विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालयहरु जस अन्तर्गत सु.प. विश्वविद्यालय समेत प्रादेशिक सरकार अन्तर्गत पर्ने हुँदा सरकारको आफ्नो उत्तरदायित्व बाट पछिने कामकार्यबाहीको घोर निन्दा गरिएको छ ।
यस्तै सु. प. विश्वविद्यालयमा भोलेन्ट्रीको रुपमा अमेरिकी दूतावास बाट प्राध्यापनका लागि आएका प्राध्यापक जेम्स जोम्स लाई विश्वविद्यालयका प्राध्यापक राजेन्द्र जोशी लगायत को समुहले आर्थिक शोषण र दुर्ववहार गरी १० महिनाका लागि आएका प्राध्यापक लाई ०४ महिना मै जबर्जस्ती विभिन्न झुठो आरोप लगाएर फिर्ता पठाईएको छ। यस घटनाले सु.प. विश्वविद्यालयको मात्रै नभई समग्र देशकै अपमान र बेईज्जत गराएको छ। यस्तो गतिविधी गर्ने विचौलिया समूह लाई सत्यतथ्य छानविन गरि आवश्यक कार्वाही गर्न विश्वविद्यालय प्रशासन सङ्ग जोडदार माग गर्दछौं अन्यथा सशक्त संघर्ष गर्ने चेतावनी प्रेस विविज्ञप्ति दिइएको छ ।
हेर्नुस् यस्तो छ प्रेस विज्ञप्ति



 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    