कञ्चनपुर माघ ५ ,कञ्चनपुरको वेदकोट नगरपालिकामा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सडकखण्डमा नगरपालिकाले सडकबत्ती तथा सिसिटिभी जडान गर्ने भएको छ ।

दुर्घटना न्यूनिकरण तथा सुरक्षालाई मध्यनजर गर्दै महेन्द्र राजमार्गको बेदकोट नगरपालिका क्षेत्रभित्र पर्ने सडकखण्डमा बत्ती जडान गर्न लागिएको हो ।सडकबत्ती तथा सिसिटिभी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु भएको वेदकोट  नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताउनुभयो ।
नगर प्रमुखका अनुसार एक करोड ५० लाख लागतमा सिसिटिभी क्यामेरा र सडकबत्ती जडान गरिने भएको छ । पहिलो चरणमा महेन्द्र राजमार्ग अन्तर्गत नगरपालिकाको सीमा प्रारम्भ रेखा काङला पुलदेखि चम्फापुरसम्मका मुख्य चोक–चोकमा सडकबत्ती जडान गर्न लागिएको हो ।

पहिलो चरणको काम नगरपालिकाको सुडा, लालपुर, सिसैया, सामादैजी, दैजी, चम्फापुर लगायतका चोकमा सडकबत्ती जडान गरिन लागिएको हो ।

प्रतिक्रिया दिनुस