कञ्चनपुर माघ ५ , बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाको केन्द्रको सम्भाव्यता अध्यनको नाममा १२ लाख पचास हजार रकम स्वाहा भएको छ । नेकपा युवा नेता तथा तत्कालीन अखिल (क्रान्तिकारी)का उपमहासचिव लक्ष्मी जोशिले हाम्रो कालापानी खवर लाई बताएका छन ।

नेता जोशीका अनुसार कथित विज्ञहरु बाट अध्यन गराउने भन्दै गाउँपालिकाकोे १२ लाख पचास हजार रकम खर्च गरेको बताउनुभयो । अहिले बनाएको सम्भाव्यता अध्यनको प्रतिवेदन जनताको मतको खिलापमा भएको भन्दै पार्टिका सबै नेताहरुलाइ यो बिषयमा जानकारी गराएको बताए ।

सबै स्थानीय राजनितिक दलका नेता कार्यकर्ता र जनप्रतिनिधिहरु संग सल्लाह भइरहेको र थप संघर्षका कार्यक्रम सहित जनताको मतको अपमुल्यन गर्नेहरुको बिरुद्र आन्दोलनको आधिबेहरी श्रजना गर्ने चेतावनी दिएका छन । उहांले भन्नू भयो स्थानिय वडाका जनप्रतिनिधि र पार्टिका सर्बदलिय बैठक बिना एक दुई जना व्यक्त्तीले आफ्नो व्यक्तिगत अबिस्ट पूरा गर्न बन्द कोठामा एकलौटी स्वस्छाचारी ढंगबाट गर्न खोजिएको निर्णय जनतालार्इ मान्य छैन ।

त्यस्तो निर्णयको डिलाशैनीका स्वाभिमानी जनताले खारेज गर्न आन्दोलन गर्ने बताएका छन । बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र डिलासैनी गाउँपालिका वडा नम्बर ७ धामिगाउँमा रहने गरि सिफरिस भएपनि पछिल्लो समय जनप्रतिनिधि र केहि स्थानीय नेताहरुको नितान्त व्यक्तिगत स्वार्थका लागि आफ्नो घरछेउ पायक पर्ने ठाउँमा केन्द्र सार्ने काम गरेका छन ।

जनताको खिलापमा भएका सबैकामको भन्डाफोर गर्ने र जनताका अधिकारको लागि जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको बताएका छन ।गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाको केन्द्र ७ नम्बर वडामा हुनेगरि निर्णय र ७ नम्बर वडाभित्र पायक पर्ने ठाउँमा राख्ने गरि निर्णयगरेको थियो ।

डिलासैनी गाउँपालिको सम्भाव्यता अध्यनको काम दार्चुलामा रहेको ड्रिमचूला मल्टी सर्विसेस कन्सलटेन्सी प्रा.लिले पाएको थियो ।
केहि महिना अगाडि डिलासैनी गाउँपालिका ४ र ७ का स्थानीयहरुले संघर्ष समिति गठन गरी विरोद्ध तथा आन्दोलनको कार्यक्रम गरेका थिए ।यस बिषमा जानकारी लिन डिलासैनी गाउँपालिका अध्यक्ष उपेन्द्र बोहरा लाई सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुस