कञ्चनपुर माघ ५ , बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाको केन्द्रको सम्भाव्यता अध्यनको नाममा १२ लाख पचास हजार रकम स्वाहा भएको छ । नेकपा युवा नेता तथा अखिल (क्रान्तिकारी)का उपमहासचिव लक्ष्मी जोशिले हाम्रो कालापानी खवर लाई बताएका छन ।

नेता जोशीका अनुसार विज्ञहरु बाट अध्यन गराउने भन्दै गाउँपालिकाकोे १२ लाख पचास हजार रकम खर्च गरेको बताउनुभयो ।
गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाको केन्द्र ७ नम्बर वडामा हुनेगरि निर्णय र ७ नम्बर वडाभित्र पायक पर्ने ठाउँमा राख्ने गरि निर्णयगरेको थियो ।

डिलासैनी गाउँपालिकोका जनप्रतिनिधिको बारेमा सामाजिक सञ्जालमा पनि पटक पटक आलोचना हुदै आएको छ । केहि स्रोतका अनुसार विध्यालय व्वस्थापन समिति गठन र शिक्षक नियुक्तmीमा समेत शिक्ष नियमावली २०५९ संग बाजिने बनाएको छ । डिलासैनी गाउँपालिकोका जनप्रतिनिधिहरुले हहिले सम्म कुनै पनि महत्वपुर्ण योजनकाको काम गर्न नसकेको भन्दै जनताहरुले गुनासो गरेका छन

डिलासैनी गाउँपालिको सम्भाव्यता अध्यनको काम दार्चुलामा रहेको ड्रिमचूला मल्टी सर्विसेस कन्सलटेन्सी प्रा.लिले पाएको थियो ।
केहि महिना अगाडि डिलासैनी गाउँपालिका ४ र ७ का स्थानीयहरुले संघर्ष समिति गठन गरी विरोद्ध तथा आन्दोलनको कार्यक्रम गरेका थिए ।यस बिषमा जानकारी लिन डिलासैनी गाउँपालिका अध्यक्ष उपेन्द्र बोहरा लाई सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुस