कैलाली माघ ६ , कैलाली जिल्लामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । युवकको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्वर २ गणेशपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक वडा नम्वर ६ बावनपुरका ३१ बर्षीय रतन बिकको मृत्यु भएको छ ।

स्थानियले दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतीपुर्तीको माग गर्दै राजमार्ग अवरुद्ध पारिएको छन। पूर्वबाट पश्चिम तर्फ आईरहेको ना २ ख ४५८ नम्वरको ट्रकले प्रदेश न. २–०३००४ प ९६११ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार रहेका बिकको मृत्यु भएको थियो।

दुर्घटनामा गम्भिर घाईते भएका बिकलाई उपचारको क्रममा लालरत्न अस्पताल लम्कीमा मृत्यु भएको थियो। ट्रक र चालक धनगढी उत्तरवेहडीका चेतसिंह साउदलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस