कञ्चनपुर माघ ६ , सुदूरपश्चिमाञ्चल विश्वविद्यालय संघमै राख्नुपर्नेमा राजनीतिक दल, विद्यार्थी संगठन र प्राध्यापकले जोडदिएका छन् । सोमबार सुप विश्वविद्यालय प्राध्यापक संघ इकाई समितिले आयोजना गरेको कार्यक्रममा कञ्चनपुरका राजनीतिक दलका नेता, विद्यार्थी र प्राध्यापकले संघमै राख्न जोडदिएका हुन् ।

उनीहरुले उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगले त्रिवि सहित केही विश्वविद्यालयलाई संघमा राखेर बाँकी प्रदेशमा राख्न लागेको भन्दै संघमै राख्न माग गरेका छन् । सहभागीले संघमा हुँदा पनि बेथिति, बेहाल र अन्यौलतामा गुज्रिरहेको विश्वविद्यालय प्रदेशमा राख्दा अन्धकारतर्फ उन्मुख हुने चिन्ता गरेका छन् ।
नेपाल विद्यार्थी संघका पुर्व सहमहामन्त्री अचुतराज कलौनीले सुपलाई संघमै राख्न दवावमुलक कार्यक्रममा जोडदिए । अनेरास्ववियु कञ्चनपुरका संयोजक बिरेन्द्रराज विष्टले संघमै राख्नुपर्ने भएको बताए ।

उनले प्राध्यापकले अनावश्यक राजनीतिक गर्दा विश्वविद्यालय धरासायी बन्दै गएको चिन्ता व्यक्त गरे । नातावाद कृपावादको अन्त्यमा समेत जोडदिए । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र सिह विष्ट लगायतका प्राध्यापकले संघ र प्रदेशका राख्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए । प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टले संघमै राख्न पहल गर्ने बताए । सुप विश्वविद्यालय प्राध्यापक संघका इकाई सभापति दिपकचन्द्र भट्टको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुस