कञ्चनपुर माघ ६, आदिवासी थारु समुदायको लोक संस्कृति संरक्षणका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा थारु संग्राहलय स्थापना गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको उत्तरी चुरे भेग शुक्लाफाँटा नगरपालिका ८ भल्कामा थारु संग्राहलय स्थापना गरिएको हो ।
थारु समुदाय लोक परम्परागत संस्कृति, नेपाल पर्यटन भ्रमण बर्ष सफल पार्नका लागि वरघर भलमन्सा महतौँ समिति र शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडाले संयुक्त रुपमा थारु समुदायको परम्परागत घर निर्माण गरेर थारु संग्राहालय स्थापना गरेका थिए ।
दुई बर्ष अघिदेखि स्थापना गरिएको थारु सग्रहालयको सोमबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले संग्रहालयतको उद्घाटन थारु समुदायको लोक संस्कृति जोर्गेनाका लागि संग्रहालयको भूमिका रहेको चित्रण गरे । प्रतिनिधी सभा सदस्य धामीले सग्रहालयमा आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताए । ‘पश्चिम नेपालका थारु समुदायको परम्परागत लोक संस्कृति अवलोकनका लागि पर्यटन आउँनेछन, ‘धामीले भने, ‘थारु समुदायको लोक संस्कृति यस क्षेत्रको पहिचान हो ।’
वरघर भलमन्सा महतौँ समितिका अध्यक्ष पल्टाराम चौधरीले आधुनिकतासंगै थारु समुदायको लोक परम्परागत धर्म, संस्कृति र संस्कार लोप हुँदा संग्राहलय स्थापना गरिएको बताए । ‘हाम्रो लोक सस्कृति लोप भईरहेको छ, ‘अध्यक्ष चौधरीले भने, ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन सकेको छैन् ।’
नयाँ पिढीले लोक सस्कृति अनुसरण नगर्दा थारु समुदायको सस्कृति धरापमा पर्दै गएकोले संग्राहलय खोलिएको उनले बताए । अध्यक्ष चौधरीका अनुसार वडाको सहयोगका स्थानीयले थारु संग्राहलय स्थापना गरिएको हो । ‘सबै मिलेर थारु संग्राहलय बनाए, ‘अध्यक्ष चौधरीले भने, ‘अब थारु समुदायका चाँडवाडमा हामी संग्राहलय प्रयोग गछौँ ।’ थारु संग्राहलयमा १ सय २४ प्रकारका थारुका लोक परम्परागत बस्तु राखिएको छ । ‘हाम्रा पहिरनदेखि गहगहना, परम्परागत साधन राखिएका छन, ‘अध्यक्ष चौधरीले भने, ‘थारु समुदायका सबै समाग्र राखिएका छन् ।’

संग्राहलयमा उज्यालोका लागि सोलार बत्ति जडान गरिएको छ । संग्राहलय नजिकै खोला छ । माघ महिनामा लाग्ने मेला समेत संचालन हुने अध्यक्ष चौधरीले बताए । शुक्लाफाँटा नगरका जनप्रतिनिधिले थारु संग्राहलय स्थापना संगै थारु समुदायको लोक सस्कृति संरक्षणका साथै पर्यटन प्रर्बद्धनमा हुने बताएका छन् ।
शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महराले उत्तरी भेगमा रहेका थुप्रै ऐतिहासिक प्राकृतिक पर्यापर्यटनका साथै थारु संग्राहलयबाट थप पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने बताए । ‘यस भेगमा थुप्रै पर्यटकिय क्षेत्र छन, ‘अध्यक्ष महराले भने, ‘थारु संग्राहलयसंगै थप पर्यटन प्रर्बद्धन हुन्छ ।’
अध्यक्ष महराका अनुसार थारु समुदायको जन्मदेखि मृत्युसम्मका विभिन्न समाग्री राखिएका छन् । यस क्षेत्रमा रहेका मणिकाधाम, भम्का, सुनदेवी धाम, बतासे झरना लगायतका प्राकृतिक पर्यटकिय गन्तव्य सहित थारु संग्राहलयले थप पर्यटकिय सुन्दरता थपेको बताए । उनले भल्का क्षेत्रमा थारु समुदायको साँस्कृतिक दृष्ट्रिकोणबाट समेत महत्वपूर्ण क्षेत्र भएकाले यसै क्षेत्रमा संग्राहलय स्थापना गरिएको बताए । अध्यक्ष महराले संग्राहलयमा थारु लोक सस्कृति, दैनिक जनजिवनका समान राखिएको बताए ।


पर्यटनसुरक्षा दल, होमेष्टे, थारु साँस्कृतिक नाच घर लगायतका योजना रहेको अध्यक्ष महराले बताए । पुर्वपश्चिम महेन्द्र राजमार्ग झलारीदेखि झण्डै ७ किलोमिटर उत्तरी भेगमा रहेको थारु संग्राहलय स्थापनासंगै थारु समुदायको लोक संस्कृति अवलोकनका लागि स्वदेशी तथा बाह्य पर्यटकका लागि पर्यटकिय गन्तव्य बन्ने स्थानीयको भनाई छ । संग्राहलय उद्घाटनकै दिन माघी मिलन समेत गरिएको छ । विभिन्न बस्तीका थारु समुदायले आ–आफ्नो लोक,संस्कृति पहिरनमा साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । प्राकृतिक हिसाबले रमणीय ठाँउको संग्राहलय मार्फत पर्यटन प्रर्बद्धन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुस