कञ्चनपुर माघ ६, नेपाल कम्युनिष्ट पार्टी(नेकपां कञ्चनपुर जिल्लाको अनेरास्ववियु संयोजकमा बिरेन्द्र राज विष्ट र सह–संयोजकमा ओम बस्नेत चयन भएका छन् । कञ्चनपुरका युवा विद्यार्थी नेता विष्टलाई संयोजक र बस्नेतलाई सह–संयोजकमा चयन गरेको हो ।

अनेरास्ववियु केन्द्रीय समितिले कञ्चनपुर लगायत देशैभरीका जिल्लामा संयोजक र सह–संयोजक सहमतीय आधारमा टुङ्गो लगाएको थियो । अनेरास्ववियु कञ्चनपुर नेतृत्वको जिम्मेबारी पाएका संयोजक विष्ट र सह–संयोजक बस्नेतले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ बहन गर्ने प्रण गरेका छन् ।

अनेरास्ववियुका संयोजक बिरेन्द्र राज विष्टले संगठनलाई एकताबद्ध रुपमा सबै विद्यार्थी नेताको भावना समेटेर अघि बढाउने बताए । उनले संगठन संगै कञ्चनपुरको समग्र शैक्षिक विकृती, विसङगती बिरुद्ध शसक्त भएर लाग्ने बताए । विष्टले सुप विश्वविद्यालय सहित शैक्षिक क्षेत्रका विकृती हटाउनका लागि संगठन त्यतातिर लाग्ने बताए ।
अनेरास्ववियुका सह–संयोजक ओम बस्नेतले साँगठानिक एकताका क्रममा जसले जहाँ जे जिम्मेबारी पाएपनि समग्र विद्यार्थीको हक हित र अधिकार सहित शैक्षिक विकृती बिरुद्ध सघर्ष गरिने बताए ।

प्रतिक्रिया दिनुस