नवलपरासी माघ ६ , वैदेशिक हस्तक्षेपमा बिरुद्ध उत्रन जनसमुदायमा अपिल क्रान्तिकारी माओवादीले गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति पश्चिम नवलपरासीले वैदेशिक हस्तक्षेपमा बिरुद्ध उत्रन जनसमुदायमा अपिल गरेको हो । सोमवार पार्टीका जिल्ला सेक्रेटरी चोलाले एक प्रेस बक्तब्य जारी गर्दै अमेरिकी साम्राज्यवाद र भारतीय विस्तावादको विरुद्धमा उत्रन अपिल गरेको हो । एमसीसी लागु गरिए अमेरिकी साम्राज्यवादको सैन्य रणनीति कार्यान्वयन हुने भएकोले यसतर्फ सचेत हुदैं आन्दोलन गर्नुको बिकल्प नरेहको सो बिज्ञप्तिमा जनाइएको छ । त्यस्तै बिज्ञप्तिमा – लिम्पियाँधुरा – लिपुलेक र कालापानी क्षेत्रलाई विस्तारवादी भारतद्धारा आफ्नो प्रशासनिक नक्सामा गाभिएपछिको घटना क्रमहरु हेर्दै जादाँ अमेरिकी साम्राज्यवादी र भारतीय विस्तावादी हस्तक्षेपको क्रम चुलिंदै गएको तथ्य प्रष्ट हुन पुगेको छ – भनिएको छ ।
नेपाली जनतालाई ठूलो आर्थिक अनुदानको भ्रममा पारी सत्तापक्ष र प्रतिपक्ष दुवैले एमसीसीलाई संसदबाट अनुमोदन गराएर अमेरिकी सैन्य योजनालाई सफल पार्न जोडदिइराखेका छन् । यस प्रकारको स्थितिको गंभीरतालाई आत्मसात गरी हाम्रो पार्टीले एउटा सार्वभौम मुलुकमाथि सैन्य अखडा निर्माण गर्ने अमेरिकी साम्राज्यवादी योजनाको कडा विरोध गर्दछ – उल्लेख गरिएको छ ।
क्रान्तिकारी माओवादीले नयाँ प्रशासनिक नक्सा जारी गर्न समेत सरकारसंग माग गर्दै नयाँ नक्सा जारी गर्न नसक्नुलाई राष्ट्रघाती कदमको संज्ञा दिईएको छ । बिज्ञप्तिमा भनिएको छ – लिम्पियाँधुरा र अतिक्रमित सुस्ता सहितको नक्सा जारी गर्न नसक्ने दलालहरुको राष्ट्रघाती कदमको तीव्र भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी एमसीसीलाई अनुमोदन गर्ने राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र उक्त साम्राज्यवादी योजना तथा सिमा अतिक्रमण गर्ने विस्तारवादी रबैया विरुद्ध एकताबद्ध भएर सशक्त आवाज उठाउन आम जनसमुदायसहित सम्पूर्ण देशभक्तहरुलाई जोडदार अपिल गर्दछ ।”

प्रतिक्रिया दिनुस