प्रकाश जप्रेल ,मानव समाजको विकास युगहरूको इतिहास सम्झिदा भौतिक रूपमा विभिन्न युगका चरण छन्।हामी सम्झनु सक्छौ कि आदिम साम्यवाद हुदै दास युग र दास युगमा स्पार्टाकसको दास विद्रोहको संघर्ष र वर्ग संघर्ष हुदै आजको पुजीवादी युगमा विश्व गुज्रिएको छ। जसको नितिगत सञ्चालन दलाल संसदीय ब्यबस्थाले गरेको छ।

जुन ब्यबस्था संसारका विभिन्न बिकसित ,अर्धबिकसित राष्ट्रमामा मुख्य संकटका रूपमा आएको छ। तर यो कुरा पुजीवादी हरूलाई राम्रोसँग थाहा छ कि दलाल पुजीवादी व्यवस्थाको संकट हो। समाजवादी, साम्यवादी कम्युनिस्टको आत्मासमर्पणले पुजीवादी बलियो मात्र होईन्न हौसिएका छन। उनिहरू बरू समाजवादी कम्युनिसष्टका केही बिशेषता आपना नितिगत काम कारबाही बनाउदै पुजीवादी बिरूद्वको संघर्ष रोक्ने हतियारका रूपमा प्रयोग गरिरहेका छन्। यसको प्रत्यक्ष फाईदा र बेफाइदा संकट ब्यहोर्ने अर्धविकसित मुलुक हाम्रो देश नेपाल पनि हो।
पछिल्लो समय नेपालका केहि पुजीवादी दलाल वर्गको हितमा नेपालीको क्रान्तिकारी आन्दोलन प्रचण्डहरूले बुझाई सकेपछि शान्ति र संबिधान नेपालीको समस्या हो।

भन्दै फेरि जनतालाई बैधानिक रूपमा लुटपाट गर्ने दलाल संसदीय पार्टी भित्रको बिघटन रोक्ने बाहेक अरू केही थिएन ।किन भने उनिहरू भन्ने जस्तो अहिले चुनाव भयो, संविधान बन्यो ,स्थानीय सरकार निर्वाचित भए तर एक पछि अर्को राष्ट्रिय अहितका राष्ट्रघाति सम्झौता, दलाल संस्था एनसेल लाई कर मिनाहा , सुनकाण्ड,जहाज काण्ड, ललिता निवास काण्ड हुदै एम सि सि काण्डले देश नहरहने, बिदेशीहरूको सैन्य अखेडा बन्ने जस्ता कामकार्यवाही भैरहेका छ्न र स्थानीय सरकार सबै रूपमा भष्ट्रचार र कमिशन मस्त छ।

यो अबस्थामा जनता र राष्ट्रले स्वाभिमान र सेवा पाउने कुरा केवल कागज होला तर ब्यबहारमा अन्यायभष्ट्र र झुठ मात्र छ ।अहिले स्थानीय सरकारको कार्यक्रम कमिसन बचाउ अभियान छ।जनतालाई सेवाविना कर आतङक छ ,ठुला(ठूला खोला नाला नदि उत्खनन गर्दै नेपालका प्राकृतिक सम्पदा जो सुन्दर नेपाल उजाड मरूभुमिमा रूपान्तरण हुदै छ। केहिमुठिभर दलाल पैसा र कमिसनका लागि कुनै बैज्ञानिक निति पद्धति विना निर्मम कुख्यात ढंगले मान्छेको शरिरमा डोजर चलाउदै छन् ।

जसको उदाहरण बैतडीको पाटनमा आधा दर्जन महिलाको शरिरमा दलालको आदेशमा डोजर चलाईयो जसले गर्दा महिलाहरू गम्भीर घाइते भए। यस्तै जनकपुरका एउटा खोलामा जथाभावी उत्खनन गर्ने टिपर डोजर रोक्नु खोज्दा दिलिप महतोको शरिरमा टिपर चलाई निर्मम हत्या गरियो ।

बलत्कार गरि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दा प्रहरिबाट गोलि हानि गाईते , हत्या गरिएका नागरिकलाई न्याय छैन। यो भन्दा मानव बिरोधि अरू कु कार्य साहेद कम मै होला। अब नेपालका राष्ट्रवादि देशभक्त देशको स्वाभिमान र मानव समानताका लागि सबै पार्टी संगठन संघ, सस्था भित्रका आदर्श मान्छे दरिलो बलियो मोर्चा निर्माण गर्दै सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा यो राक्षसी सत्ताको अन्त्य गर्दै जनताको सुनैलो बैज्ञानिक समाजवादी देश नेपाल निर्माण गर्ने महाअभियानमा लाग्नुको बिकल्प छैन।
लेखक अखिल (क्रान्तिकार)केन्द्रीय सदस्य हुन ।

प्रतिक्रिया दिनुस