काठमाडौं माघ १०, नेकपा पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटा विरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गर्दै तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।काभ्रे जिल्लका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । मुद्दाको पेसी यही माघ २२ गतेका लागि तोकिएको छ ।वरिष्ठ अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा सापकोटालाई सभामुख निर्वाचित नगर्न र तत्काल गिरफ्तार गर्नुपर्ने जिकिर गरिएको छ । सापकोटा नेपाल कम्युनिष्ट पार्टीका सभामुख पदका एक्ला उमेदवार हुन् ।फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उमेदवार रहेको भन्दै सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्ने आदेश पनि माग गरिएको छ ।

त्यस्तै, अनुसन्धानका लागि प्रस्तुत गर्न, लामो समयसम्म सापकोटालाई गिरफ्तार नगरेको भन्दै सम्बन्धित प्रहरीहरुलाई अदालतको अवहेलनामा कारबाही गर्न पनि रिटमा माग गरिएको छ । अभियोग लागेका सापकोटालाई सभामुख बनाउन नहुने भन्दै मानवअधिकारवादी र नागरिक अगुवाहरुले समेत विरोध गर्दै आएका छन।

प्रतिक्रिया दिनुस