कञ्चनपुर माघ ११ , सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालयमा दश महिना देखि लागेको तालाबन्दी शनिवार खुलेको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सुदूर पश्चिमाञ्चल समन्वय समितिले चैत्र २७ गते देखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।

विश्वविध्यालयमा उत्पन्न विवाद सामाधान गर्ने, व्यवस्थित गर्ने प्रयोजनका लागि उच्च स्तरीय कार्यदल गठन भएको र सो कार्यदल विवाद सामाधान तर्फ उन्मुख भएको संकेत पाए पछि नेवि संघले तालाबन्दी खोलेको बताइएको छ ।
विश्वविद्यालय उपकुलपति र रजिस्टारको पदावधी सकिएको हुँदा कार्यदलको उक्त कार्यको सहजताकालागि नेपाल विद्यार्थी संघले बाटो खोलेको छ ।

विश्वविद्यालयमा तालाबन्दी लागेको झण्डै दश महिना पछि नेवि संघले ताला खोलेको हो । कार्यदलको सहजताकालागि तालाबन्दी १५ दिनका लागि मात्रै खोलिएको नेवि संघका निवर्तमान सदस्य कैलास चन्दले बताउनुभयो ।

विश्वविद्यालयकोकेन्द्रीय कार्यालयमा तालाबन्दी गरेसंगै त्यहाँको कामकाज ठप्प भएको थियो । दैनिक प्रशासन संचालनका लागि रजिष्ट्रार निवासबाट कामकाज भईरहेको थियो । तालाबन्दीका कारण चालु आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम समेत प्रभावित भएको छ । सुप विश्वविद्यालयका प्रशासक गोबिन्द वल्लव पन्तले लामो समयदेखिको तालाबन्दी खुलेसगै विश्वविद्यालयको गतिरोध अन्त्य भएको बताए । हामीहरुले नेवि संघ लगायतका उनीहरुको पार्टीका नेताहरुसंग पटक पटक छलफल, आग्रह वार्ता गरेका थियौँ, ‘उनले भने, ‘नेवि संघ र काँग्रेस नेताहरु सकारात्मक भएपछि तालाखुल्यो ।’आईतबारदेखि विश्वविद्यालयको दैनिक कामकाज नियमित हुनेछ । दश महिनापछि सुप विश्वविद्यालयको गतिरोध अन्त्य भएको जनाउदै विश्वविद्यालयले प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

 

प्रतिक्रिया दिनुस