काठमाडौं ,माघ १२, नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले फागुनमा हुुन लागेको त्रिविका विभिन्न क्याम्पसको स्ववियु निर्वाचनमा सहभागि हुने निर्णय गरेको छ।

काठमाण्डौंमा सम्पन्न संगठनको केन्द्रीय समितिको बैठकले शिक्षा क्षेत्रमा भएका तमाम विकृति र शैक्षिक माफियाहरुका विरुद्ध प्रतिरोध संघर्ष गर्ने निर्णय गरेको संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारीदिनुभयो ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलको विशेष उपस्थितिमा बसेको बैठकले पार्टीको चार महिने अभियानसँगै जोडेर संगठन विस्तार तथा प्रतिरोधको आन्दोलनलाई एकसाथ अगाडि बढाउने निर्णय गरेको छ ।

राष्ट्रिय स्वाधीनता र शैक्षिक माफिया विरुद्धको आन्दोलनलाई सँगसँगै अगाडि बढाउँदै संगठन सुदृढिकरण तथा विस्तारलाई पनि जोड दिने निर्णय गरेको बताइएको छ ।भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ताको मागसहित एमसीसी खारेजीको अभियान र आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुस