कञ्चनपुर माघ १० ,कञ्चनपुरमा क्रियाशील रहेका बिध्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको सत्य, तथ्य छानविनको गरी दोषिमाथि कारबाहीको माग गरेका छन ।

शुक्रवार नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा निकट अनेरास्ववियू ,नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ,नेकपा विप्लव निकट अखिल क्रान्तिकारी बिध्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको सत्य, तथ्य छानविनको गरी दोषिमाथि कानून बमोजिम कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको गरी स्थानीय प्रशासनसंग माग गरेका छन

‘टिप्पर र ट्याक्टरहरु नियन्त्रित गतिमा चल्नु पर्ने तर त्यसो नभइ नियम विपरित आममानिसलाई त्रासपूर्ण वातावरण सृजना गरी आतंक मचाउने काम भइरहेकोले यस्ता कानून विपरितका कार्यलाई सम्बन्धित सरोकारवाला निकायले नियन्त्रण गरी समय निर्धारण गरी सञ्चालनमा ल्याउन हुन अनुरोध गर्दछौँ । नेवि संघ निवर्तमान केन्द्रीय सदस्य कैलाश चन्द, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य केशव साउँद अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष ललित एसके, र अनेरास्ववियू जिल्ला सदस्य कमल रोकायाद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
आफ्ना मागहरु बेवास्ता गरिए जस्तो सुकै कडा कदम चाल्न पनि तयार रहेको चेतावनी छ ।बिहिवार दिउँसो भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिकै चम्मन चोकमा गिट्टी बोकेर आएको से १ क ८८७ नम्बरको टिप्परले किचेर साइकलमा सवार बैतडीको दशरथ चन्द नगरपालिका–१ गुरुखोला पुर्खैली घर भएर हाल भीमदत्त नगरपालिका– १६ गोबरिया बस्ने रमिता भट्ट (रोशनी)को घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुस