कञ्चनपुर माघ ९, कञ्चनपुरको बेदकोट नगरपालिका १ हात्तिथलामा बुधबार राती रामबहादुर बोहराको घर जलेर नष्ट भएको छ । बुधबार राती ताप्न बालेको आगोले घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

प्रहरीका अनुसार ताप्न बालेको आगो घरको काठमा लागेपछि घर जलेको हो । ुताप्न बालेको आगो त्यसै छोडेर बोहरा परिवार सुतेछन्, इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले भने, ुराती करिब १ बजेतिर छिमेकीले घरको धुरीबाट आगोको मुस्लो देखेपछि आगलागीबारे थाहा भएको हो ।ु

आगलागीबाट करिब १० लाख बराबरको क्षती भएको छ ।बोहराको घरमा राखेको दुई भकारी धान,७ बोरा गहुँ,डेढ तोला सुन, बाकसमा भएको १ लाख ५० हजार नगदसहित लत्ताकपडा र दुईतले काठको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घर जलेपछि बोहरा परिवारको बिचल्ली परेको छ।

प्रतिक्रिया दिनुस