कञ्चनपुर माघ ,१४,कञ्चनपुरका महिला अधिकारकर्मीशारदा चन्दले पाँच प्रहरी बिरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छिन । महिला अधिकारकर्मी शारदा चन्दले आफुमाथी जिल्ला आदालतको मुल गेटमा धर्नामा रहेमा बेला प्रहरीले कुटपिट गरेको भन्दै पाँच प्रहरी बिरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको बताउन्भयो ।

सोमबार काठमाण्डौँ स्थित राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीलाई उजुरी बुझाएको बताए । अधिकारकर्मी चन्दले आफुमाथी प्रहरी प्रमुखहरुको निर्देशनमा कुटपिट भएको आरोप लगाईन् ।चन्दमा अनुसार कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासीनी, डिएसपीद्वय नरेन्द्र चन्द, रविन्द्र पौडेल, प्रहरी निरीक्षकद्वय सुरेश कार्की र राजिव शाही बिरुद्ध उजुरी दिएकी हुन् ।

राजिव शाही वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्जमा रुपमा कार्यरत छन् । चन्दले पाँचै जनाको निर्देशनमा आफुमाथी कुटपिट गरेर घाईते भएको बताईन् । तर, कञ्चनपुर प्रहरीले उनीमाथी कुटपिटै नभएको यस अघि नै जनाएका थियो, कञ्चनपुर प्रहरीले सम्मानित आदालतको मुल गेटमा धर्नामा रहेका बेला अनुरोध गर्दा नमानेपछि उनी र प्रहरीविच तानातान भएको बताएउदै आएको छ । प्रहरीले शारदाले लगाएको आरोप झुट्टा भएको समेत दावि गरेको छ ।

प्रतिक्रिया दिनुस